nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

विपद्को बेला कस्ता कुरामा ध्यान दिनुपर्छ ?

111-1594801872.jpg

निरन्तरको वर्षाले देशभर बाढि र पहिरोको कहर छ । कतै डुबान छ भने घर, भवन, सडक र पुल भत्किएका छन् ।पहिरोको जोखिमले कयौ गाउँमा बासिन्दा राती निदाउन पाएका छैनन । कतै त सिंगै बस्ती डुबानमा परेको छ । यस्तो बेला नागरिक आफैले कस्ता कुरामा ध्यान दिनुपर्छ ?

सबैभन्दा पहिला त विपद्को बेला एकआपसमा सहयोगी भावना हुनुपर्छ । विपद्को बेला समुदायको सहयोग निकै आवश्यक र महत्वपूर्ण हुन्छ । विपद्को बेला पहिले आफ्नो ज्यान जोगाउन ध्यान दिनुपर्छ, परिवारका सदस्यहरु सुरक्षित छन् छैनन् ख्याल गर्नुपर्छ ।

सुरक्षित ठाउँमा जाँदा आवश्यक पर्ने, बोक्न मिल्ने सामानहरु सँगै लिएर जानुपर्छ । मोबाइल, टर्च, ब्याट्री, औषधिहरु छुटाउनु हुँदैन । यसो गर्दा अरुसँग सम्पर्क स्थापित गर्न र खबरहरु सुन्न सजिलो हुन्छ । घरको झ्याल, ढोका, पानीका धाराहरु, विजुलीका स्वीच, पङ्खा, रेगुलेटर बन्द गर्नुपर्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।

खानाको लागि पर्याप्त सामग्री छ कि छैन ? छैन भने कहाँ पाइन्छ वा कसलाई भन्ने हो, त्यो थाहा पाइराख्नुपर्छ । खानेकुरा थोरै छ भने त्यो कसका लागि आवश्यक छ, बिरामी, साना बालबालिका, वृद्धवृद्धा, गर्भवति वा सुत्केरी महिला । उनीहरुको विशेष ख्याल गर्नुपर्छ । 

विपद्पछि आश्रय लिएर धेरै मानिस एकैठाउँमा बसेका हुन्छन्, यो समयमा सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । सरसफाइमा ध्यान दिइएन भने महामारी फैलनसक्ने सम्भावना पनि उत्तिकै हुन्छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)