nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

विपदका बेला असक्त बिरामीलाई पाथिभरा सहकारीको घरदैलो सेवा

थाहा नगरपालिका वडा नम्बर २ मा रहेको पाथीभरा बचत तथा ऋण सहकारी संस्था लि. कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण भएको लकडाउनमा आफ्ना सदस्यलाई घरदैलो सेवा दिने भएको छ । सहकारीले असक्त र बिमार सदस्यहरुका लागि मात्र निक्षेपबाट रकम झिक्दा घरैमा पु¥याउने व्यवस्था गरिएको अध्यक्ष गोकर्ण बरुवालले जानकारी दिए । 

विपद्का बेलामा आफ्ना सदस्यहरुलाई सहजताको लागि सहकारी संस्थामा रहको आफ्नो बचतबाट रकम झिक्न चाहेमा अध्यक्ष र व्यवस्थापकलाई सम्पर्क गर्न सकिने व्यवस्था गरिएको उपाध्यक्ष रामकुमार कार्की जानकारी दिए । 

सहकारीले सूचना प्रकाशन गरी यस्तो जानकारी गराएको हो । निक्षेपबाट बढिमा १५ हजार रुपियाँ सम्म मात्र झिक्न सकिने सहकारीले सूचना मार्फत जानकारी गराएको छ । साथै, सहकारीले आफ्ना सदस्यहरुलाई कोरोना भाइरसबाट बच्न र बचाउन अनुरोध समेत गरेको व्यवस्थापक राजाराम कार्कीले जानकारी दिए । 



Pathi-1585888622.jpg