nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

विनयबाबु बस्नेत स्मृति जिल्लास्तरीय भलिबलमा ७ टिम क्वाटरफाइनलमा प्रवेश

विनयबाबु बस्नेत स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगितामा ७ टिम सेमीफाइनलमा प्रवेश गरेको छ । विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा ७ कार्तिकबाट शुुरु भएको प्रतियोगिता अन्तर्गतका लिग चरणका प्रतियोगिताबाट क्वाटर फाइनलमा प्रवेश गरेका हुन् । थाहानगरको फाँटबजारमा प्रतियोगिता संचालन भैरहेको छ । 

प्रतियोगतामा थाहा नगरपालिका वडा नम्बर १ प्रतिनीधि टिम, विनयबाबु स्मृत प्रतिष्ठान ‘बी’, एभरेष्ट युवाक्लब दामन, पुवु म्हेन्दो युवा क्लब चिसापानी, सेभेनस्टार युवा क्लब, हटिया स्पोर्टस हेटौंडा र कैलाश गाउँपालिका टिम क्वाटर फाइनलमा प्रवेश गरेको हो । ९ कार्तिकसम्म संचालन हुने जिल्लास्तरीय भलिबल रनिङ शिल्ड प्रतियोगितामा मकवानपुरका १४ टिमको सहभागिता रहेको छ । प्रतियोगिता लिगकम नकआउट चरमा खेलाइएको आयोजकले जानकारी दिएको छ । 

सशस्त्र प्रहरीमा सेवारत् विनयबाबुको दुर्घटनामा परी मृत्यू भएपछि उनको नाममा २०७४ सालबाट यो प्रतियोगिता शुरु गरिएको विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष तथा थाहा नगर खेलकुद विकास समितिका भलिबल प्रशिक्षक शंकर कार्कीले जानकारी दिए । रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् । त्यस्तै दोस्रो हुने टिमले नगद २६ हजार रुपियाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने प्रतिष्ठानले जनाएको । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)