Wednesday, 12th August, 2026
वि.स.

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा उप्रेती

770608756_177418551722783-1786526779.jpg

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेती नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले बोर्डको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान गरेको थियो । जसमा १३ जनाले आवेदन दिएकाध्ये ६ जना अन्तर्वार्ताका लागि छनोट भएका थिए । तीमध्येबाट सरकारले उप्रेतीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif