Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

विदेशको कमाई छोडेर भिमफेदीमा कृषि उद्यम गर्दै गौतम

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ५ अगौटेका किसान गौतम वाईवाले नमुना रुपमा तरकारी खेती गर्न सुरु गरेका छन्। ६ वर्ष सम्म खाडी मुलुक दुवइमा कठिन श्रम गर्नु भएका वाइवाले अव भने आफ्नै खेतवारीलाई सदुपयोग गर्दै नमुना रुपमा खेती गर्न लागेका हुन् ।

अहिले वाईवाको नमुना तरकारी टनेलमा लटरम्म रुपमा टमाटर, भेण्टा, काउली, जुकिनी फर्सी, चमसुर फेलेको छ । थोरै लगानीबाट पनि धेरै आमदानी लिन सफल भएकोमा उनी आफै दंङ्ग परेका छन् ।

विदेशमा कठिन श्रम गर्नुपर्ने बाध्यता भोग्दै आएपनि अहिले भने आफ्नै बारीमा तरीकारी खेतीबाट राम्रो आमदानी लिन सफल भएको वताउँदै वाइवा भन्छन्–‘छ वर्ष सम्म विदेशमा कठिन श्रम गरे । तर, पनि धेरै पैसा कमाउन सकिन अहिले भने आफ्नै बारीमा लगाएको तरकारी खेतीबाट एक वर्षमा पाँच लाख रुपैयाँ सम्म आमदानी लिन सफल भए ।’

पाँच लाख रुपैयाँ लगानीमा उनले ७ रोपनी जग्गामा तरकारी खेती सुरु गरेका हुन् । अव भने आफ्नै अरु एक विगाहा जग्गा र अरु दुई विगाहा जग्गा भाडामा लिएर तरकारी खेती गर्ने उनले बताए । 

विगत साढे दुईवर्ष अगाडी देखि तरकारी खेती सुरु गर्नु भएका वाइवाले गाउँभरीमा नमुना तरकारी खेती गर्ने योजना रहेकाे सुनाए । वेमौसमी र मौसमी तरकारी खेतीबाट राम्रो आमदानी लिन सकिने उनको विस्वास छ ।

उनलाई तरकारी खेती गर्नका लागि भिमफेदी गाउँपालिकाले हाते ट्याक्टर र टनेलका लागि प्लाष्टिक अनुदान लिएको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले वताए । नमुना रुपमा तरकारी खेती गर्नका लागि सुरु गरेका किसानका लागि स्थानीय, प्रदेश र संघिय सरकारले अनुदान दिनुपर्ने अध्यक्ष लामाले वताए ।

 

-जनपत्रबाट



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०