nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

वाह ! थाहानगर टिष्टुङको नर्बेढुङ्गा [हेर्नुहोस् फोटो फिचर]

मकवानपुर थाहा नगरपालिकाको "नर्बेढुङ्गा" थाहानगरको अर्को, फरक र नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । थाहा नगरपालिका वडा नम्बर ११  मा पर्ने उक्त "नर्बेढुङ्गा" क्षत्रेमा अहिले दैनिक रुपमा मानिसहरु घुम्न जाने गरेको वडा अध्यक्ष किरणमान बलले जानकारी दिए । 

यसै सन्दर्भमा थाहा टाइम्सका सहकर्मीहरु १३ मंसिरमा त्यस क्षेत्रको स्थलगत अवलोकन भ्रमणमा पुगेका थियौं । वडा नम्बर ११ को चिया बगान बन्दै गरेको क्षेत्र नजिकै रहेको उत्तल गन्तव्य निकै आकर्षक छ ।

खास गरेर विदाको बेलामा आन्तरिक तथा बाह्यि पर्यटकहरु पुग्ने त्यहाँ गरेको अध्यक्ष बलले जानकारी दिए । "नर्बेढुङ्गा"मा विभिन्न गित तथा फिल्म सुटिङ गर्न समेत मानिसहरु पुग्न थालेका छन् । थाहा नगरपालिकाको टिष्टुङमा होमस्टेहरुको विकासंगै पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । 

त्रिभुवन राजपथको टिष्टुङ देउरालीबाट करिब ४ किलोमीटरको दुरीमा रहेको उक्त "नर्बेढुङ्गा"को प्रवद्र्धनका लागि यसवर्ष बजेट समेत विनियोजन भएको अध्यक्ष बलले जानकारी दिए । पर्यटन वर्ष २०२० का लागि वडा नम्बर ११ को यो एउटा गन्तव्य भएको नगरपालिकाले जनाएको छ । 

होर्नुहोस् फोटो फिचर:



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।