nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

वाह ! काम होस् त थाहानगरको जस्तो

‘वाह ! क्वारेन्टाइन होस् त यस्तो पो,  सबै सुविधा रहेछ । यति सुविधा भएपछि विरामी अए भने निर्धक्क उपचार गर्छन् भाग्दै भाग्दैनन् नि ।’ यो भनाइ हो मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालको । थाहा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध गरेको कामको अनुमगनका लागि थाहामा आइपुगेका प्रमुख जिल्ला अधिकारी नेपालले नगरपालिकाले तयार गरेको क्वारेन्टाइन हेरेपछि यस्तो बताएका हुन् । अनुगमन टोलीमा आएका मकवानपुरका नि. जिल्ला समन्वय अधिकारी भिमलाल महर्जन, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, सहदेव आचार्य, कम्प्युर अपरेटर अमित कुमार कर्ण, कोष तथा लेखा नियन्त्रक कार्यालय मकवानपुरका कोष नियन्त्रक प्रमोद मैनालीलगायतले पनि थाहानगरको कामको खुलेरै प्रशंसा गरे । र, भने–‘काम होस् त थाहानगरको जस्तो ।’  

अनुगमन टोलीलाई नगर प्रमुख लवशेर विष्टले सहजीकरण गरेका थिए भने कोरोना रोकथाम तथा नियत्रण समन्वय समिति सचिवालयका संयोजक विवेक विडारीले प्रतिवेदन पेश गरेका थिए ।  अहिले कोरोनाका कारण सबैतिर क्वारेन्टाइन बनाउने, आइसुलेशन निर्माण गर्ने, चिकित्सकको लागि पीपीई जोडजाम गर्ने, स्यानेटाइजर खोज्ने भागदौड चलिरहेको छ । तर, थाहा नगरपालिका त्यो भन्दा भिन्न रहेछ नेपालले भने । उनले भने–‘मेयर लवशेर विष्ट नेतृत्वको थाहा नगरपालिकाले अहिले जस्तो काम गरिरहेको त्यो उदाहरणीय र प्रशंसनीय छ ।’ प्रमुख जिल्ला अधिकारी नेपालले थपे–‘थाहा नगरपालिकाले कोरोनासँग लड्न जिल्लामै सुविधा सम्पन्न क्वारेन्टाइन तयार गरेको छ, निकै व्यवस्थित र वेल इक्युप छ । जनशक्ति पनि त्यतिकै जिम्मेदारीपूर्वक स्ट्याण्डबाई राखिएको छ  यसबाट अरु स्थानीय तहले पनि सिक्नुपर्छ ।’

थाहा नगरपालिकाले वडा नंम्बर ६ मा रहेको ओम् अध्याय रिट्रिट प्रा.लिसंगको सहकार्यमा २५ वटा कोठामा क्वारेन्टाइन संचालन गरिएको छ । जसमध्ये ५ वटा हाईकेयर क्वारेन्टाइन कक्ष छ भने २० वटा नर्मल क्वारेन्टाइन संचालन गरिएको छ । एक जना मेडिकल अधिकृत, २ जना स्टाफ नर्स ३ महिनाको लागि नियुक्ति गरिएको छ ।

विदेशबाट नगरभित्र आएकाहरुको स्वास्थ्य परिक्षण गर्न घरमै मेडिकल अधिकृतको नेतृत्वमा प्रहरी र स्वास्थ्यकर्मीको समूह पठाउने व्यवस्था थाहा नगरपालिकाले मिलाएको छ । हरेक दिन विदेशबाट आउनेहरुको अवस्था बुझ्ने व्यवस्था मिलाइएको छ, कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सचिवालयका संयोजक शाखा अधिकृत विवेक विडारीले बताए । 

वडास्तरमा वडा अध्यक्षको संयोजकत्वमा टोल बस्तीको क्लस्टर छुट्याई निगरानी गर्ने व्यक्ति समेत तोकिएको छ । खाद्यन्नको आपूर्ति व्यवस्था, मूल्यसूची, दैनिक खाद्यन्नको स्टक व्यवस्था लगायतका सबै कुरालाई व्यवस्थित बनाइएको छ । थाहा नगर प्रवेश गर्ने नाकाहरुमा स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइएको छ । दैनिक रुपमा कति संख्यामा कस्ता मानिस प्रवेश गरे भन्ने यकिन तथ्याङ्क नगरपालिकाले राखिरहेको छ ।

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)