Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

वत्सलादेवीमा महायज्ञ सुरु (फोटो फिचरसहित)

 

IMG_0865-1580970299.JPG

इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीमा रहेको वत्सलादेवी मा।वि।मा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०७६ सुरु भएको छ । यहि माघ २२ गते कलश यात्रा, पूर्वाङ्ग पूजा तथा औपचारिक समुद्घाटन समारोहको आयोजना गरि विद्यालयले महायज्ञको सुरु गरेको हो । यहि शैक्षिकसत्रदेखि सिभिल ईन्जिनियरिङको अध्ययन अध्यापन सुरु गरेको विद्यालयले सुविधायुक्त सिभिल ईन्जिनियरिङ प्राविधिक शिक्षालय सञ्चालनका लागि महायज्ञ आयोजना गरिएको महायज्ञ मूल समारोह समितिका संयोजक अशोक कुमार ठकुरीले जानकारी दिए । सिस्नेरी टेकर स्थित पिपलबोट देखि विद्यालयसम्म कलशयात्रा सँगै माननीय राज्यमन्त्री राम वीर मानन्धरको प्रमुख आतिथ्यताका विद्यालयले माघ २२ मा सप्ताह ज्ञान महायज्ञको सुरु गरेको हो । 

महायज्ञ माघ २२ देखि फाल्गुण १ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । २०१० सालमा स्थापना भएको विद्यालयमा शैक्षिकशत्र २०७६ देखि सिभिल ईन्जिनियरिङको पढाई भैरहेको छ ।  सप्ताहब्यापी कार्यक्रममा ख्यातिप्राप्त विद्धान बालन्यास पं।श्री मुकुन्द नेपालको वाचकत्वमा संगीतमय भावपूर्ण कथा प्रवचन तथा आचार्य पं। श्री मनोज नेपालबाट पाठपारायण हुने आयोजकले जनाएको छ ।

 

 

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।