Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

लियोले पाण्डुकेश्वरमा तीज विशेष कार्यक्रम संचाल गर्ने

लियो क्लब अफ पिस थाहाले तीजको अवसर पारेर तीज विेशष साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।   ८ भदौमा हरितालिक तीजको दिन पालुङको प्रशिद्ध पाण्डुकेश्वर मन्दिर परिसरमा वृहद साँस्कृतिक कार्यक्रमको आयोजना गरिने लियो क्लब अफ पिस थाहाका अध्यक्ष अनित विष्टले 
जानकारी दिए । 

कार्यक्रममा क्षितिज कला केन्द्र, थाहा कला केन्द्र र नाप्सी कल्चरका कलाकारहरुका साथै स्थानीय चर्चित कलाकारहरुको प्रस्तुती रहने आयोजकले 
जनाएको छ । 

कार्यक्रमका लागि थाहा नगरपालिकामा रहेका मिडियाहरु शान्तिपुर दैनिक, विकास खबरपत्रिका साप्ताहिक, रेडियो पालुङ एफएम १०७.२ मेगाहर्ज, रेडियो आवाज र दामन पोष्ट मिडिया पार्टनरको रुपमा रहेको अध्यक्ष विष्टले बताए ।