nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लियोको परिषद बैठक थाहामा हुँदै, नयाँ वर्ष २०२३ को रौनक थपिँदै

leo-council-1671962924.jpg

मकवानपुरको पर्यटकीय थाहा नगरपालिकामा सन् २०२३ को पूर्व सन्ध्यामा सयौँ नव युवाहरु आउँदैछन् । लियो क्लब जिल्ला परिषद ३२५ एम नेपालले आफ्नो दोस्रो जिल्ला परिषद बैठक थाहा नगरमा आयोजना गर्ने निर्णय गरेसँगै लियोमा आवद्ध युवाहरु थाहा नगर आउन लागेका हुन् ।

लियो क्लब अफ पिस थाहानगरको आतिथ्यतामा आगामी १५ र १६ पुसमा लियो क्लब जिल्ला परिषद ३२५ एम नेपालको दोस्रो परिष्द बैठक हुन लागेको हो । बैठकको तयारी तीव्र पारिएको आतिथ्य क्लबका कार्यक्रम संयोजक कमल  विष्टले थाहा टाइम्सलाई जानकारी दिए । जेसीज सभा हलमा बैठक हुने उनले जानकारी दिए ।

आकास खुलेर सेताम्मे हिमश्रृङ्खला देखिने समय, नव वर्ष २०२३ को अवसर र सुरम्य प्राकृतिक सौन्दर्ययुक्त नगरमा परिषद बैठकको आयोजना हुन लागेकोले सहभागीहरुलाई यो बैठक विशेष अवसर हुने आयोजकले विश्वास लिएको छ । सहभागीहरुलाई थाहा नगरका सुविधायुक्त होटलहरुमा बस्ने व्यवस्था मिलाइएको आतिथ्य क्लबले जनाएको  छ । मौसम चिसो भएको र हिउँ पर्ने सम्भावना समेत रहेकोले न्यानो कपडाहरु लिएर आउन क्लबले सहभागीहरुलाई आग्रह गरेको छ ।

परिषद वैठकको अवसरमा पिस परेड, स्थानीय कला संस्कृतिको प्रदर्शनी र दृश्यावलोकनका कार्यक्रमहरु पनि राखिएको लियो क्लब अफ पिस थाहानगरका सन् २०२२÷०२३ का अध्यक्ष निशा विष्टले जानकारी दिइन् ।

लायन्स क्लब अफ थाहा पिसको सौजन्यमा पाँच वर्ष अघि स्थापित सो क्लबले यसअघि पनि लियो क्लबको जिल्ला परिषद आतिथ्यता गर्ने अवसर पाइसकेको छ । सोही बैठकको सफलताले फेरि यसपटक अर्को अवसर प्राप्त गरेको कार्यक्रम सहसंयोजक शिशिरकुमार खत्रीले बताए ।

लियो जिल्ला परिषद बैठकसँगै पुरस्कार वितरण कार्यक्रमसमेत हुने आयोजकले जानकारी दिएको छ ।  
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)