Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

लकडाउनमा हुर्केको आलुले बजार पाउला ? [फोटो फिचर]

मकवानपुरको थाहा नगरपालिका बेमौसमी तरकारीको उर्बर भुमी । कोरोना भाइरसबाट सर्ने कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको क्रममा भएको लकडाउनका कारण अहिले गाउँको तरकारी सहजै बजार जान सकेको छैन । गाउँमा किसानले मज्जाले खेतीपाती गरेका छन्, तरकारीले उत्पादन दिन थालिसकेको छ ।

लकडाउनमा लहलह गरेको तरकारी निर्यातमा कठिनाई छ ।  यसका लागि थाहा नगरपालिका प्रमुख लवशेर विष्टले प्रदेश तथा संघीय सरकारसम्मको लभिङ गर्न पछि परेका छैनन् । विडम्वना तरकारीले राम्रो बजार पाउन सकेको छैन तर सबै सरकार थाहानगरको एजेण्डामा सकारात्मक छन् । 

थाहानगरको चित्लाङ बज्रवाराहीमा अहिले काउली, मूला, बन्दाको उत्पादन भैरहेको छ । नगरकै दामनपालुङ आग्रालगायतका क्षेत्रमा आलु लहलह भएको छ । अबको केही दिनमा आलु पनि खन्न शुरु हुन्छ । लकडाउनका हुर्केको आलुले बजार नपाउलाकी भनेर किसानहरुलाई चिन्ता परेको छ । 

हेर्नुहोस् फोटो फिचर


 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।