Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

राष्ट्रिय शिक्षा नीति २०७६ को पूर्णपाठ सार्वजनिक पढ्नुहोस्, डाउनलोड गर्नुहोस्

सरकारले ‘राष्ट्रिय शिक्षा नीति २०७६’ को पूर्णपाठ सार्वजनिक गरेको छ ।

कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको शिक्षा नीतिको पूर्णपाठ सरकारले एक महिनापछि सार्वजनिक गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कात्तिक २१ गते पत्रकार सम्मेलन नै गरेर शिक्षा नीतिका २१ बुँदा सार्वजनिक गर्नुभएको थियो ।

मन्त्रिपरिषद्बाट पारित भइसकेको शिक्षा नीतिको भाषा सम्पादन गर्न बाँकी रहेको भन्दै उहाँले पूर्णपाठ सार्वजनिक गर्न मान्नु भएको थिएन । पूर्णपाठ सार्वजनिक नभएर चर्को आलोचना भएपछि मन्त्री पोखरेलले बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा शिक्षा नीतिको पूर्णपाठ सार्वजनिक गर्नुभएको हो ।

नीतिको पूर्णपाठ सार्वजनिक भएपछि अब प्रदेश र पालिका सरकारलाई शिक्षा नीति बनाउन सहज हुनेछ । नीतिका केही बुँदा सार्वजनिक भए पनि कस्तो व्यवस्था छ भन्ने यकीन नहुँदा प्रदेश र पालिकाका जनप्रतिनिधि अलमलमा परेका थिए ।

हेर्नुहोस शिक्षा नीतिको पूर्णपाठ : 

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०