nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

युट्युवमा सर्मिलाकाे 'गुनासाे'

IMG_20231007_060105-1696637964.jpg

मकवानपुरे लोकदोहोरी गायिका सर्मिला सुवेदीको स्वर रहेको दोहोरी गीत ‘गुनासो’ बजारमा आएको छ । मिलन फिल्मस प्रालिको प्रस्तुती रहेको गीत मिलन फिल्मस प्रोडक्सन युट्युवमार्फत सार्वजनिक भएको हो ।‘गुनासो’ मा सर्मिलासँगै गायक जयराम हुमागाईंको स्वर छ । गीतमा शब्द सीता दुलालको छ भने एजेन्जरमा आरके मिलन रहेका छन् । दोहोरी गीत ‘गुनासो’ मा सौगात पनेरु र कृति वाग्लेले मोड्लिङ गरेका छन् ।

लोकगीत ‘गुनासो’ सहित नवोदित गायिका सर्मिलाको रेडर्केड गीतको संख्या ६ पुगेको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३, हाँडीखोला, पाल्दमारकी सर्मिलाको पहिलो गीत ‘मोहनी माया’ हो । हिम सम्झौता डिजिटलमार्फत विस २०७८ मा सार्वजनिक भएको यो गीत उनले इश्वर बराइलीसँग गायकी हुन् ।

‘मोहनी माया’ गीतमा स्वर दिएपछि नै प्राप्त भएका प्रतिकृयाले लोकगायनमा लाग्न आफूलाई हौसला मिलेको उनी बताउँछिन् । पहिलो गीत रेकर्ड गर्ने अवसर एउटा दोहोरी कार्यक्रममार्फत सर्मिलालाई गायक बराइलीले दिलाएका हुन । ‘पहिलो गीत रेकर्ड भएपछि साथीभाई, आफन्त तथा गीतसंगीत क्षेत्रमा लागेकाहरुले दिएको प्रतिक्रियाले मलाई अझै उत्साहित बनायो ।’ गायिक सर्मिला भन्छिन, ‘यही उत्साह र मेरो रुचीका कारण हालसम्म ६ वटा गीत रेकर्ड भएका छन् ।’

भर्खरै सार्वजनिक ‘गुनासो’ र पहिलो गीत ‘मोहनी माया’ बाहेक सर्मिलाले स्वर दिएका अन्य गीत पनि उत्तिक्कै रुचाइएका छन् । उनी र गायक जयराम हुमागाईंको स्वर रहेको ‘त्रिशुली तरी’ पनि स्रोता, दर्शकले मन पराएको गीत हो । टिकटकमा उनको यो गीतले राम्रै्र चर्चा पायो । यस्तै, मेरो माया अल्लारे, ए निष्ठुरी र हितैको मायाले बोलको गीत उनले गाइसकेकी छिन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)