Thursday, 30th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

यी हुन् नेपालबाट यो वर्ष सर्वाधिक खोजिएका शीर्ष पाँच विषय

google-1608555607.jpg

सर्वाधिक लोकप्रिय सर्च इन्जिन गुगलमा यो वर्ष नेपाली प्रयोगकर्ताले ‘कोरोनाभाइरस’ सबैभन्दा धेरै खोजेका छन् ।

ट्रेन्ड्स डट गुगलको तथ्याङ्कअनुसार यो वर्ष नेपालमा सर्वाधिक कोभिड-१९ (कोरोनाभाइरस) खोजिएको हो । विश्वभरका प्रयोगकर्ताको सर्वेक्षणमा पनि सर्वाधिक खोजिएको विषय कोरोनाभाइरस नै पाइएको थियो ।

त्यस्तै कोरोनाभाइरस सम्बन्धी प्रत्यक्ष डेटा दिने वेबसाइट ‘वर्ल्डोमिटर’ वेबसाइट नेपालबाट दोस्रो सर्वाधिक धेरै खोजिएको विषय बनेको छ । त्यस्तै तेस्रो स्थानमा पनि कोभिड-१९ सँगै सम्बन्धित ‘कोरोनाभाइरस डिजिज २०१९’ खोजिएको छ । चौथो स्थानमा पनि कोरोना महामारीले निम्त्याएको ‘लकडाउन’ नै छ ।

पाँचौं स्थानमा भने यी सबैभन्दा फरक विषय खोजिएको छ । यो वर्षभरि अर्थात् २०२० मा नेपालका गुगलको सर्च इन्जिन प्रयोगकर्ताले ‘२०७७’ पाँचौं सर्वाधिक पटक खोजेका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०