Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

यात्रुको समस्यालाई मध्यनजर गर्दै निर्माण कै क्रममा सडक सञ्चालन

दामन डाँडाबास सडकखण्डको सडक स्तरोन्नतिको क्रममा बन्द गरिएको दामन डाँडाबास सडक खुलाइएको छ । यात्रुहरूको समस्यालाई मध्यनजर गर्दै निर्माण कार्य हुँदै गर्दा पनि उक्त सडक खुलाइएको हो । दामन डाँडाबास बैकुण्ठ खैराङ सडकमा ओटासिल र स्याण्डसिलको कार्य हुँदै गर्दा यात्रुलाई चिसापानी चौबासको सडकबाट आवतजावतको लागी ब्यवस्था गरिए पनि यातायात सन्चालनमा चिसापानी चौबासको बाटो खतरापूर्ण भए पछि यात्रुको सहजताको निम्ती दामन डाँडाबास सडक स्तरोन्नति हुदै गर्दा पनि यातायात सन्चालन गर्न खुल्ला गरिएको सडक निर्माण ब्यवस्थापन पक्षका एकाउन्टेन्ट रबिन्द्र खड्काले बताए । निर्माण कार्य हुदै गर्दा यातायातलाई एक डेढ घण्टा रोकेर काम गर्ने र बाटो खुलाउदै पठाउने गरेको उनले बताए ।

स्तरोन्नतिको क्रममा हाल पहिलो चरणको निर्माण कार्य सिङ्गल ओटासिल सम्पन्न भएको छ ।(एस.एन.आर.टि.पि.) राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण परियोजना कार्यक्रम अन्तर्गत सन्चालन भैरहेको ओटासिल तथा स्याण्डसिल कार्यको पहिलो चरण सिङ्गल ओटासिल सकिएको हो । बैशाख बाट सुरु भएको स्तरोन्नति कार्यको पहिलो चरण सकिए पश्चात् बैशाख १४ गते देखी दोस्रो चरणको डबल ओटासिल र स्याण्डसिल भैरहेको छ । दामन डाडाबास सडकको ११.३४० किलो मिटर सडक स्तरोन्नति गर्नु पर्ने भए पनि परिमाण कम भएको कारण ११ किलोमीटर मात्र ओटासिलको कार्य भएको खड्काले बताए । मौसमले साथ दिएमा स्याण्डसिल एक हप्ता भित्र सकिने बताउदै खड्का भन्छन निर्माण कार्य तथा स्तरोन्नति कार्य जेष्ठ मसान्त अर्थात असारको पहिलो हप्ता सम्म सम्पन्न हुन्छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।