nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

यस्तो रह्यो थाहाका राजनीतिक दलका नेताहरुको दशैँ

Thaha-Dal-Haru-1634353224.jpg

आमाको शोकमा भएको  हुनाले यसपाली  दशैँ मनाइएन ।  काठमाडौमा परिवारसँग छु । साथीभाइ इस्टमित्र र पार्टीका साथीहरुसँग फोनमा कुराकानी गरेर समय बिताइरहेको छु । हाम्रो पार्टीको वडा अधिवेशन र नगर अधिवेशन नजिक आइरहेकोले यसको तयारीमै लागिरहेको छु । - अच्युत्तमप्रसाद ढकाल, अध्यक्ष नेकपा एमाले थाहा नगर कमिटी

 

खासै बिशेष भएन । परम्परालाई निरन्तरता नै हो । अष्टमीको दिनमा कुछि भ्वय, नवमीको दिन देबी देवताको पूजाअर्चना र दशमीमा परिवारमा मान्यजनबाट टिका लगाएर दशैँ मनाइयो । -प्रमोदकृष्ण जोशी, सभापति नेपाली काँग्रेस थाहा नगर कार्यसमिति                                      

 

दशैँ  राम्रै भयो । परिवारसँग बसेर टिका लगाइयो । घरैमा  बसियो, बाहिर गइएन । समग्रमा  दशैँ रमाइलो नै भयो । -अरुण रायमाझी, अध्यक्ष नेकपा माओवादी केन्द्र थाहा नगर कमिटी                                    

 

नेवारी परम्परा अनुसार थापं पुजा गरी परिवार र साथीहरूसँग खुशी साटासाट गरेर दशैँ मनाइयो । यसपालीको दसैंमा पोहोर साल भन्दा अलि बढी साथीहरू घर आउनु भएको रहेछ । उनीहरुसँग भेटघाट गरेर दिन बितिरहेको छ । -इन्द्रबहादुर श्रेष्ठ, प्रदेश कमिटी सदस्य जनता समाजवादी पार्टी नेपाल                                                                             

 

जुठो परेकोले दशैँ मनाइएन । साथीभाइहरुसँग भेटघाट गरियो । -नविन रायमाझी, अध्यक्ष राप्रपा थाहानगरपालिका        

 

दशैँ हर्ष–उल्लाससँगै शुभकामना  आदानप्रदान गरेर मनाउदैछु ।   लामो समयपछि परिवारसंगैको भेटघाट र कोरोनापछिको अबस्थाको बारेमा समीक्षा  गर्दै सुुरक्षित भएर नयाँ सोच, जोश र जाँगरका साथ नयाँ योजनाहरु बनाउदैछु  ।  -माधव कार्की, अध्यक्ष विवेकशील साझा पार्टी थाहा नगरपालिका                                                                    



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)