nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

यस्तो बन्दैछ पर्यटक लोभ्याउने–‘चित्लाङ रिसोर्ट’ 

मकवानपुर थाहानगरको चित्लाङ पर्यटकका लागि नयाँ नाम पक्कै होइन, तर चित्लाङमा केही महिनामै संचालनमा आउन लागेको चित्लाङ रिसोर्ट पर्यटकका लागि नयाँ ‘प्रडक्ट’ हो । व्यवशायिक रुपमा स्थापना भएको भए पनि चित्लाङ रिसोर्ट पर्यटकका लागि ‘प्रडक्ट’कै रुपमा आफ्नो परिचय बनाउने गरी तिब्रगतिमा निर्माण भइरहेको छ । 

चित्लाङका तीन दाजुभाई राम शरण, देवेन्द्र र दिपक नेपालले संयुक्त रुपमा रिसोर्ट संचालन गर्न लागेका हुन् । चित्लाङ रिसोर्टको वातावरण अन्य रिसोर्ट भन्दा फरक बनाउने सक्दो प्रयास गरिएको छ । रिसोर्टमा पुग्ने वित्तिकै नयाँ अनुभव जो कोहीले पनि बटुल्न सक्ने गरी निर्माण भइरहेको छ । छुट्टै स्थानीय र मौलिक शैली, परम्परागत पुर्वाधारले सजिएको चित्लाङ रिसोर्ट यस कारण पनि रिसोर्ट मात्र हैन पर्यटकका लागि ‘प्रडक्ट’ नै सावित गर्न सक्षम हुने संचालक तथा लगानीकर्ता नेपालले बताए । नेपालीपनको मौलिक अनुभव गर्न गाउँमा पुगेकै भान हुने चित्लाङ रिसोर्ट आफैमा पनि प्राकृतिक छँटा र वातावरणले भरिपूर्ण छ । वातावरण अनुकुलित संरचना र प्रचीन शैली झल्कने रिसोर्ट तारे होटलको मापदण्डमा निर्माण भइरहेको संचालक राम शरण नेपालले बताए । रिसोर्टमा अधिकांश कोठा एटेच छन् । खानपिनमा नेपाली स्वाद, स्थानीयपन तथा आवश्यकता अनुसार विदेशी मेनु अनुसारको सुविधा दिने गरी व्यवस्था गरिने भएको छ । 

चित्लाङ रिसोर्टमा प्राचीन शैलीका संरचना, प्राकृतिक वातावरण मात्र हैन यहाँ मौलिक लोक साँस्कृतिक नाचहरु, लोक बाजागाजाको मज्जा लिने व्यवस्था रिसोर्ट गरिने भएको छ । स्थानीय क्षेत्रमा उत्पादन भएको अन्नहरुको स्वाद रिसोर्टले चखाउने योजना छ । ग्राहकको चाहाना अनुसार एक

रातको बसाईदेखि नजिकैको ईन्द्रसरोवरमा जलयात्रा, दामन सिमभञ्ज्याङसम्म हाईकिङ सहितका प्याकेज रिसोर्टले बनाउने भएको छ । त्यसोत थाहानगरका विभिन्न क्षेत्रमा पिनिक जान चाहनेलाई पिकनिक प्याकेजको समेत व्यवस्थाको योजना रहेको संचालक नेपालले बताए । 

रिसोर्टमा मिटिङग सेमिनारहरुको लागि सुविधा सम्पन्न हल बनाइने भएको छ । पर्यटकहरुका लागि भिलेज टुरहरुको प्याकेज र यसका लागि

गाइडको समेत व्यवस्था गरिने छ । रिसोर्टमा १२ वटा एट्याज कोठा र ८ वटा एट्याज टेन्टरुमको क्षमता विस्तार भइरहेको संचालकले नेपालले जानकारी दिए । यहाँ कफी तथा बेकरी र स्थानीय क्षेत्रमा पाइने रोजमेरी चिया समेत पिउन व्यवस्था मिलाउन सबै व्यवसथापन गरिने संचालक नेपालले बताए । 
 



https://thahatimes.com/public/images/users/23439408_1021306737743099-1510299763.jpg

रामकुमार कार्की

palunge@gmail.com

कार्की यस अनलाइनका डेस्क सम्पादक हुन् । उनी फोटो पत्रकार हुन् ।