Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मैदीमा बसले किचेर एककाे मृत्यु

धादिङको मैदी गाउँ विकास समितकिो वडा नं ५ गैरीगाउँमा विहिबार बिहान बसले किचेर एक जनाको मृत्यु भएको छ । मैदीदेखि धादिङबेसी आउँदै गरेको ना २ ख ४९२७ नम्बरको यात्रुवाहक बसबाट ओर्लने क्रममा बसले किचेपछि घाइते भएका मैदी ५ का ३५ वर्षीय केशरकुमारी तिवारीको उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घटनापछि बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।