nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

मुक्तिनाथ उप्रेतीको नयाँ डान्सिङ गीत रिलिज (भिडियो सहित)

गायक मुक्तिनाथ उप्रेतीको नयाँ गीत रिलिज भएको छ । "गोरी हे गोरी" बोलको गीत चर्चित युट्युव च्यानल बुढा सुब्बा डिजिटल प्रा.लि. मार्फत सार्वजनिक गरेको हो । लोक दोहोरी गाएर नै सांगेतिक यात्रामा चर्चा कमाएको उप्रेतीको यो पहिलो डान्सिङ गीत हो । मुक्तिनाथ उप्रेती र ऋतु कँडेलको स्वर रहेको उक्त गीतमा उप्रेती आफैको शब्द र संगीत रहेको छ । उक्त गीतको भिडियोमा चर्चित मोडेल करिश्मा ढकाल र डान्सिङ किङ मनिष श्रेष्ठको अभिनय रहेको छ ।

"टिष्टुङ पालुङ गाउँ" बोलको गीतबाट सांगेतिक यात्रा सुरु गरेका थाहा नगरपालिका वडा नं ६ निवासी स्थानिय गायक मुक्तिनाथ उप्रेतीले 'झ्याई पारौं यसपाली', 'जवानी चढ्यो झन चन्चल भयो मन' र 'सारै राम्री रुपकी धनी' गाएर निक्कै नै चर्चा कमाइसकेका छन् । उनको "मायाको बिज्ञापन" पनि आउने तयारीमा रहेको छ । थाहा नगरपालिका वडा नं ६ बज्रबाराही अैलाखमा जन्मिएका उप्रेतीले सांगेतिक यात्रालाई अङ्गाल्दै टिष्टुङ पालुङ (थाहा नगर) लाई नै आफ्नो कर्मथलो बनाएका हुन ।

उनको हालसम्म १० वटा गीत रेकर्ड भैसकेको छ भने केहि गीत भिडियोहरु बजारमा आउन बाँकी छ्न । उनले २ वटा फिल्ममा संगीत र स्वर दिएका छन भने त्यो आउन बाँकी नै रहेको छ । उनले कोमल वली संग गीत गाएर पनी आफ्नो सांगेतिक यात्रालाई थप सफल बनाएका छन ।

भिडियो हेर्न यहा क्लिक गर्नुहोस्

 

 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।