nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मिस कलेज हेटौँडाको प्रशिक्षण शुरु

Miss-Collage-Hetauda-(12)-1475370955.jpg

मिस कलेज हेटौँडा २०१६ को हेटौँडामा धमाधम प्रशिक्षण शुरु भएको छ । द लुक्स फेसन होमले आयोजना गरेको प्रतियोगितामा ११ जना युवतीको सहभागिता रहेको छ । कक्षा ११ देखि स्नातक तहसम्म अध्ययनरत छात्रालाई पाँच दिन देखि प्रशिक्षण दिई रहेको छ । प्रतियोगीलाई शुक्रबार नेतृत्व तथा उत्प्रेरणा बिकास सम्बन्धी चपुर जेसीजका संस्थापक अध्यक्ष बालकृष्ण श्रेष्ठले सहजिकरण गर्नुभयो । कानुनमा स्नातक अध्ययनरत रमिता चौँलागाई कोईरालाले महिला सशक्तिकरण, महिला सम्बन्धी कानुनबारे प्रशिक्षण दिनुभयो । प्रशिक्षक र सहभागीबिच प्रश्न उत्तर पनि गरिएको थियो । आजै मिस कलेज हेटौँडाकी कार्यक्रम संयोजक मोना प्रधानले सहभागीलाई कोरियोग्राफी अर्थात् ¥याम्पमा हिडाई, बोलाई बारे प्रशिक्षित गर्नुभएको थियो ।

युवतीहरुलाई द लुक्स फेसन होम, पोखराका प्रबन्ध निर्देशक रविन्द्र बज्राचार्यले परिचय कला र क्याटवाक सम्बन्धी तालिम दिनु भएको छ । २५ दिने तालिम अन्तरगत फोटोग्राफी, व्यूटी टिप्स, सामाजिक कार्य, ईतिहास र पुरातत्व, व्यबसाय र बैकिङ्ग, कानुन, समूह नृत्य लगाएतका बिषयमा तालिम दिईने द लुक्स फेसन होम, हेटौँडा शाखाका प्रबन्ध निर्देशक सुनिल महर्जनले जानकारी दिनुभयो । सहभागीलाई २ दिने पोखरा फिल्ड भ्रमण अन्तरगत मिस कलेज पोखरा सिजन २ का प्रतियोगीसँग छलफल समेत गराईने बताईएको छ । प्रतियोगिताको बिजेतालाई मिस कलेज हेटौँडा २०१६ को उपाधी नगद पुरस्कार, ५ जिल्लाको प्रतियोगितामा निर्णायक भएर भ्रमण गर्ने अबसर पाउने द लुक्स फेसन होम, पोखराका प्रबन्ध निर्देशक रविन्द्र बज्राचार्यले बताउँनुभयो । फष्ट रनरअप र सेकेण्ड रनरअपलाई नगद पुरस्कार, गिफ्ट ह्याम्परहरु पाउनेछन् । त्यस्तै मिस ट्यालेन्ट, डिसीप्लीन, फोटोजेनिक, क्याटवाक, बेष्ट डान्स, पर्सनालिटी, कन्फीडेन्ट, क्रियटिभ, फ्रेन्ड्ली, स्माईल, हेयर, स्कीन लगाएत सव टाईटल बिजेतालाई मायाँको चिनो प्रदान गरिनेछ । कात्तिकको अन्तिम साता हुने अन्तिम प्रतिष्पर्धा पाँच चरणमा हुने आयोजकले जनाएको छ ।

स्वागत् नृत्य, परिचय, प्रश्न–उत्तर, उत्कृष्ट ७ र उत्कृष्ट ५ जनाबिच उत्तर लेखन चरण हुनेछन् । फोटोग्राफी श्यामूल भ्लोनले, व्यूटी टिप्स अश्मिता श्रेष्ठले, सामाजिक कार्य शोभा खरेलले, ईतिहास र पुरातत्व नरेन्द्र स्थापितले, व्यबसाय र बैकिङ्ग सञ्जोग पोखरेलले, कानुन अधिवक्त शिव कोईरालाले, समूह नृत्य अनुप मानन्धरले तालिम दिईने जनाईएको छ । प्रतियोगिताको सहयोगीमा हेटौँडाको रिजाल प्लाजामा रहेको अनिया कलेक्सन रहेको छ ।