nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मालपोत कार्यालय शिखरकोटको प्रमुखमा मधु लम्साल तोकिए

मकवानपुर थाहा नगरपालिकाको थाना बजारमा रहेको मालपोत कार्यालय शिखरकोटको प्रमुखमा मधु लम्साल तोकिएका छन् । मालपोत कार्यालय शिखरकोटका मालपोत अधिकृत विष्णु कुमार महत्त १ साउनमा सरुवा भएपछि २ साउनदेखि रिक्त उक्त पदमा लम्साल प्रमुख तोकिएका हुन् । 

भूमि व्यवस्थापन तथा अभिलेख विभाग १२ साउनको निर्णयानुसार उनलाई प्रमुख तोकिएको छ । शिखरकोट कार्यालयलाई १३ साउनमा प्राप्त पत्रमा भनिएको छ–‘अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि मालपोत कार्यालय शिखरकोटको प्रमुख भई आर्थिक प्रशासनिकलगायत मालपोत अधिकृतले गर्ने सम्पूर्ण कामकाज गर्ने गरी प्रमुख तोकिएको छ ।’

कार्यालय प्रमुख नतोकिदा मुद्दा तथा संशोधन सम्बन्धी कार्य सम्पादन निमित्तले गर्न नपाउने भएकोले १२ दिनदेखि रोकिएको उक्त कार्य १४ साउनदेखि सुचारु हुने कार्यालयले जनाएको छ । मालपोत कार्यालय शिखरकोट स्थापना भएयता लम्साल चौथो कार्यालय प्रमुख हुन् । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)