Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

माघी पर्वको अवसरमा मगर समुदायको विषेश कार्यक्रम

माघी पर्वको अवसरमा हेटाँैडामा मगर समुदायले विषेश कार्यक्रम गरी माघे संक्रान्ती मनाएको छ । हेटौँडा ११ स्थित ग्वाँयफेरा मगर गुठीले शनिबार आयोजना गरेको कार्यक्रमा माघीको सामुहिक परिकार खानुका साथै अन्तरक्रिया कार्यक्रम गरिएको थियो । 

कार्यक्रम नेपाल मगर संघका जिल्ला अध्यक्ष दुधराज थापा मगरको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द.मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामीको विषेश आतिथ्यतामा भएको थियो । कार्यक्रम गुठीका अध्यक्ष होम बहादुर थापा मगरको सभाध्यक्षतामा भएको कार्यक्रमा नेकपा एमालेका नेता लाल बहादुर थापा मगर,नेपाल मगर संघका उपाध्यक्ष शंकर थापा,सचिव होम बहादुर राना मगर,नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारु मगर लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौँडाका बिभिन्न वडाका मगर समुदायको उपस्थिती रहेको थियो । 

यसैबीच राईगाउँ माझगाउँ २  माघे संक्रान्तीको अवसरमा साँस्कृतिक कार्यक्रम भएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती दिएको कार्यक्रम सम्झना बजार ब्यवस्थापन समितिको आयोजनामा भएको हो । कार्यक्रममा गायक फूलकुमार भोम्जन, नायीका सुकमाया मोक्तान,गायीका अन्जु थोकर,नव नायक सोम लामाले प्रस्तुती दिएका स्थानीय पत्रकार राजेन्द्र योन्जले बताउनुभयो । श्री सुर्य मावीका विद्यार्थीहरुले चेतनामुल नाटकहरु प्रस्तुत गरेको उहाँले बताउनुभयो ।