Monday, 2nd November, 2026
वि.स.
pustakalay-1792211853.jpg

महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन भत्ता

money-1592732552.jpg

जुम्लाको गुठीचौर गाउँपालिकाले स्वास्थ्यमा महिला स्वास्थ्य स्वयम्सेविकाले पु¥याएको योगदानको उच्च कदर गर्दै ५० जनालाई ‘प्रोत्साहन भत्ता’ उपलब्ध गराएको छ । गाउँपालिकाका १ देखि ५ वडाभित्र कार्यरत उनीहरुलाई जनही रु सात हजार पाँच सय प्रदान गरिएको अध्यक्ष हरिबहादुर भण्डारीले जानकारी दिए ।

यसका लागि प्रदेश सरकारले रु ६ लाख ७५ हजार विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर गिरीले बताउनु भयो । अध्यक्ष भण्डारीले भने, “ रकमले उनीहरु उत्साहित छन् । स्वयम्सेविकाले गाउँघरका नागरिकलाई निःशुल्क सेवा दिइरहेका छन् । जुनसुकै अवस्थामा स्वास्थ्य स्वयम्सेविका खटिने गर्छन् तर सेवासुविधा पाउन सकिरहेका छैनन् । स्वास्थ्य स्वयम्सेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न गाउँपालिकाले प्रोत्साहन भत्ता दिइएको हो ।”

भत्ता पाउँदा घरायसी खर्च जुटाउन सजिलो भएको वडा नं ३ का महिला स्वास्थ्य स्वयम्सेविका धनलक्ष्मी कठायत (महताराको) भनाइ छ । स्वयम्सेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउने लगायत स्वास्थ्यका आधारभूत काममा साथ दिँदै आइरहेका छन् । 
रासस।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg






_-Ward-2-Sandesh-1792210522.jpg
_Ward-4-Sandesh-1792210561.jpg
Ward-5-Sandesh-1792210597.jpg
Ward-6-Sandesh-1792210616.jpg


Ward-7-Sandesh-1792210632.jpg

Ward-8-Sandesh-1792210649.jpg
Ward-11-Sandesh-1792210722.jpg
_Ward-1-Sandesh-1792210500.jpg
Ward-9-Sandesh-1792210676.jpg
Ward-10-Sandesh-1792210703.jpg
Ward-12-Sandesh-1792210744.jpg