nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

महिलाले ३३ प्रतिशत र ५० प्रतिशत नभइ पुरुष समान अधिकार माग्नु पर्नेः–अध्यक्ष बलामीको भनाइ

महिलाले अब ३३ प्रतिशत र ५० प्रतिशत नभइ पुरुष समान अधिकार माग्नु पर्ने थाहा नगरस्तरिय महिला संजालका अध्यक्ष कल्पना बलामीले बताइन । महिला पनि पुरुष जस्तै मानव भएको कारण पुरुष समान अधिकार हुनु पर्छ, केही पनि कुरामा महिला कमजोर नभएको र पुरुष भन्दा आधा भएर जन्मिएको नभएको कारण यति प्रतिशत अधिकार नभनि पुरुष समान अधिकार पाउनुपर्ने बताइन । बुधबार थाहा नगरपालिकामा सम्पन्न भएको १०८ औँ अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सम्पन्न कार्यक्राममा बोल्दै कार्यक्रमका सभाध्यक्ष बलामीले यस्तो बताएकी हुन । थाहा नगरपालिका नगरस्तरिय महिला संजाल र राधा कृष्ण उद्यमशील महिला समुहको आयोजनामा सञ्चालित कार्यक्रममा थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीको प्रमुख आथित्यता रहेको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोपालीले अव महिलाले खाना बनाएर पस्केर दिएपछि पुरुषले खाने चलनलाइ परिवर्तन गनुपर्ने, घर भित्रको काममा मात्र महिलालाइ राख्ने चलन अन्त्य हुनु पर्ने तर त्यसका लागि महिलाहरु स्वयम एक भै गाउँगाउँबाट टोलटोलबाट उठ्नु पर्ने, शिक्षित बन्नु पर्ने, सिप सिक्नु पर्ने बताए । महिला दिवसमा आफ्नो आमालाइ सम्झिदै उनले आमाले सन्तानलाइ दिने माया र स्नेह अतुलनिय हुने बताए । उनले भने शिक्षित आमा भएको परिवारमा सन्तानहरुले सानै देखि शिक्षित हुने गरेको बताए । समाजमा महिलाहरुलाइ अन्याय र अत्याचार गर्नेहरुलाई आफु न्याय समितिको अध्यक्ष पनि भएको कारण नगर उपप्रमुख गापालीले भने “५ बर्षको समयमा अन्याय गर्नेलाइ जसरी पनि सजाय दिने र अन्यायमा परेको लाइ पनि अन्याय सहन दिने छैन किनभने अन्याय सहने पनि अपराधी नै हो ।” 


महिला श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा सक्रिय किशोरी समुहका किशोरीहरु, राधा कृष्ण उद्यमशील महिला समुहका महिलाहरु, थाहा कलाकेन्द्र तथा सहभागी महिलाहरुले महिलाको हक अधिकार, बर्तमान परिवेशमा महिलाको अवस्था, मअिला माथि भएको अन्याय र अत्याचारको बिषयमा गित, गजल, कबिता तथा नाटकहरु प्रस्तुत गरेको थिए । 
“नबसौँ है कोठामा रोएर, हिडौ महिला एकजुट बनेर, फुल्यो जमुना, ए दिदी बहिनी हो बनौ नमुना”, “नारीहरुलाइ धरधरी रुवाउछन, छोरी भए गर्भ मै तुहाउछन, नपारौँ पछाडी, कति बस्नु अत्याचार सहेर बढौ है अगाडी”, “परिश्रममा साइली हेपीन नपरोस, पशु सर साइली बेचिन नपरोस”, “उठ नारी अव त हेर, बस्न हुन्न हिसांलाइ सहेर, बिश्वमा मनाउ है हाम्रो उत्सब”, “अंक र अक्षर पढेर मात्र खुलेर नहिड, बिकास शिक्षा पढेर बाटो नरोजी भएन” लगायतका सचेतनात्मक रचनाहरु कर्यक्रममा प्रस्तुत गरिएको थियो । 
कार्यक्रममा बोल्दै सभाध्यक्ष बलामीले नगरस्तरिय संजालको बिघटन भैसकेको जानकारी गराउदै, समितिमा बाकीँ रहेको रकमबाट महिला दिवसको अवसरमा महिलाहरुले आफ्नो प्रस्तुती सहित आवाजहरु उठाउदै मनोरञ्जन पनि लिन सकियोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । साथै उहाले महिलाहरुले चुनावमा हारेपनि आफुले नहारेको बताए । आफु थाहा नगरको नै नमुना महिला बनेर देखाउने अठोट गर्दै यनले भने अफु मात्र अघि नबढी थाहा नगरमा एक घर एक दैलो एक महिला अगाडी बढ्दै हजारौँ महिलालाइ अगाडी बढाउनु पर्ने बताइन ।
आफ्नो गाउको समस्या ब्यक्त गर्दै राधा कृष्ण उद्यमशील महिला समुहका अध्यक्ष तथा थाहा नगरपालिका ७ आग्रा देउखेलका कौशिला तामाङले आफ्नो गाउमा जाडरक्सी र जुवातासको समस्या धेरै भएको कारण उक्त समस्या प्रती इलाका प्रहरी कार्यालय पालुङका असही समक्ष अनुरोध समेत गरिन ।
वडाध्यक्ष राजेश केसीले आधा धर्ती आधा आकाश ढाकेका महिलाहरु घरमा मात्र सिमित नभइ अघि बढाउनका लागि स्थानिय स्तरमा नै छलफल र बहस हुनु पर्ने बताए ।


रेडियो राजमार्गका सञ्चारकर्मी राममाया वाइवाले सञ्चालन गरेको कार्यक्रममा थाहा नगरपालिकाका वडा नं ३ का अध्यक्ष राजेश केसी, राधा कृष्ण उद्यमशील महिला समुहका अध्यक्ष कौशिला तामाङ, गौतम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष उर्मिला भट्ट, वडा नं २ का वडा सदस्य जानुका ढकाल, महिला सदस्य सुमित्रा लामा, कबिता बिष्ट, कृष्णमाया केसी, थाहा कलाकेन्द्रका अध्यक्ष सानोबाबु मोक्तान, बर्ष २०१८ का जेसिज अध्यक्ष बिजयश्याम अमात्य, इलाका प्रहरी कार्यलय लगायत बिभिन्न सञ्चार माध्यमका पत्रकारहरुको आतिथ्यता रहेको थियो । 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।