nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

महामारीमा राजनितीक दलकाे भुमिका
-राजु पोखरेल

Razua-1587447265.jpg

अहिले विश्वको शक्ती कोरोना जीवाणुसँग जुधिरहेको छ । महामारीका रुपमा फैलिएको कोरोना भाईरसको प्रकोप अप्रत्यासित  र अकल्पनियरुपमा रुपमा फैलदा विश्व शक्ती हारेको छ । सारा शक्ती लगाउँदा पनि कोरोनासँग विकसित राष्ट्रहरु लोलाएका छन । लामो समयको राजनितिक द्धन्द्ध र अस्थीरताबाट बामे सर्दै गरेको हाम्रो देश पनि कोरोनाको उच्च जोखिममा छ । करिब एक महिनादेखि लकडाउनका कारण मुलुक ठप्प छ ।  यतीखेर हामी एउटा ठुलो विपत्तीको सामना गरिरहेका छौं । 

लकडाउनका कारण घरभित्र बसेर चलाइएको सबैको दैनिकी सकसपुर्ण छ, दैनिक खाद्यबस्तु किनमेल असहज त छदै छ त्यसमाथी आकाशिदो मुल्य बृद्धीको मार पनि खेप्नु परेको छ । खासगरि दिनभरी मजदुरी गरेर पेट पाल्ने वर्ग कोरोना महामारीबाट कसरी बच्ने भन्दा पनि दुई छाक जोहो गरेर परिवार कसरी पाल्ने भन्ने चिन्तामा रुमलिएका छन् । काम बन्द छ, काम नहुँदा माम पनि बन्द भए पछि पोको पुन्तुरा बोकेर गाँउ फर्कनेको ताती छ । खान बस्न नपाए पछि राज्य सँग सौदाबाजी गरेर पनि उनिहरु गाँउ हिडीरकेका छन् । अरु उपाए भएन काम बन्द भयो अनि बाँच्नकै लागि लालाबाला डो¥याउदै कुम्लोकुटुरो बोकेर खालीखुट्टा लामालस्कर लागेर हिँडीरहेका तस्वीर सामाजिक संजालमा देख्दा लाग्छ यो युग मानबता मरेको युग हो ।

लोकतान्त्रिक राजनितिक अभ्यास गरेको मुलकमा राजनितिकदल र दलका भातृ संगठनहरुको सक्रियता देखाउन सकिन्छ । सूचना र संचारले विश्व ब्रहण्डलाई साँधुरो बनाएको संसारमा हामी घरमै बसोर सामुहिक योजना बनाउन सक्छौं, गाँउ, टोलका समस्या समाधान गर्न सक्छौं । वडा वडाका राजनितिक दल तथा संघ संस्थाहरुले लकडाउनको पालना गर्न र आवश्यक्ताको पहिचान गरि समाधान गर्न क्रियाशिल भएर आचासंहिता बनाए कसैले लकडाउनको उलंघन गर्दैन र हामी सबै सुरक्षित हुन्छौं ।

कोरोना संक्रमण पछि राज्य लकडाउन गरी  महामारीबाट बच्न घरभित्र बस्नुको विकल्प छैन भनि सुरक्षित बस्न आग्रह गरिदा पनि आन्दोलन जस्तो हामीलाई लाठी लिएर लगार्नु पर्ने, यातयात रोकाउनु पर्ने, बजार बन्द गराउदै हिड्नुपर्ने जुन बाध्यता देखिएको छ त्यो दुःख लाग्दो कुरा हो । अहिलेको संक्रमण रोक्ने दायित्व सरका,स्वास्थ्यकर्मी र सुरक्षा निकाय मात्रै हो भन्ने भ्रमित बुझाईबाट हामी ग्रसित छौं । राज्य आफ्नो स्रोत र साधनको उच्चतम प्रयोग गर्दै संक्रमण न्यूनिकरणकालागि लागिरहेको बेला अरु सबै मुकदर्शक भयौ,असहयोग ग¥र्यौ भने यो विपत्ती पक्कै टर्दैन । अहिले राज्कका संयत्रहरु सँग सबै तह र तप्काबाट  हातेमालो गरि साथ सहयोग गर्नुनै आजको आवश्यक्ता हो । यस विपत्तीमा राज्यका सबै निकाय लागिरहँदा तर हामीले जीम्मेवारी बोध नगरि हेलचेक्रयाई गरिरहेका त छैनौ ? सबैले सोच्नु पर्ने विषय हो, यो अवस्थामा अवश्यक्ताकालागि हिड्नु एकातिर छँदैछ तर विलासिताकालागि हिड्ने,अनावश्यक भिड जम्मा गर्ने, अत्यावश्यक सेवा बाहेकका सेवा पनि आफ्नो स्वार्थका लागि संचालनको जोखिम उठाएर हामीले आफैंलाई ठगिरहेका त छैनौ, समस्या समाधानका लागि गाँउ गाँउ बस्ती बस्ती  उठ्नुपर्ने बेलामा स्थानिय सचेत नागरिकहरुले आफ्नो गाँउ घरको दैनिकी संचालनका लागि सामाजिक अचारसंहिता बनाएर अगाडी नबढे हाम्रो दैनिकी झन कष्ठकर हुदै जाने पक्का छ । यसमा समाजका सबै तह र तप्का जिम्मेवार त हुनुपर्छ नै तर पनि राजनितीक र सामाजिक अगुवा हरुले यो बेलामा नेत्तृत्व लिएर अब्बलता देखाउनु  पर्ने बेला हो । हामी कति दिन रोग सँग लुक्नु पर्छ त्यो निश्चित छैन, बढ्दो संत्रासका बिच दैनिकी संचालन गर्नु पर्ने बाध्यता त छदै छ तर बिहान कमाएर साँझ हातमुख जोड्दै आएको वर्गको चिन्ता अर्को चुनौति हो । राज्यका सबै नागरिकले बाच्न पाउनुपर्छ त्यो उनिहरुको  नैसर्गिक अधिकार पनि हो  र राज्यको दायित्व पनि हो । 

हाम्रो समाजमा कामको खोजिमा आफ्नो थाकथलो छोडेर बाहिर बस्ने समुह ठुलै छ । त्यो समुह यो विषम परिस्थितिमा अलपत्र छ । यदाकदा सामाजिक संजालमा कुरा उठिरहेका पनि छन् राजनितिक दलले वास्ता गरेनन् भनेर । यास्ता केहि विषय प्रतिनिधी पात्रका रुपमा मात्र होलान, सबैले नगरेका पनि नहोलान, तर थोरैले गरेर  धैरैले नगर्दा नतिजा नदेखिएको पनि होला तर हामीले देखेका छौं निर्वाचनको समयहोस या आन्दोलनको समय दलका मानबढाल ती सर्बसाधारणले अहिले सरकार भनेर तीनै अगुवालाई बुझ्छन जसले हामी छौं भनेका थिए । तर अहिले घरभित्र थुनिएर बसिरहँदा तैले के खाईस भनेर सोध्ने नैतिक हैसियत पक्कै राख्नु पर्ने पनि हो तर किन यस्तो भएन ? र त देश भर यस समस्या साझा बनेर यत्रतत्र यि गुनासा छरपस्ट भए ? अब ढिला भयो तर बितेको छैन अझ पनि ।

लोकतान्त्रिक राजनितिक अभ्यास गरेको मुलकमा राजनितिकदल र दलका भातृ संगठनहरुको सक्रियता देखाउन सकिन्छ । सूचना र संचारले विश्व ब्रहण्डलाई साँधुरो बनाएको संसारमा हामी घरमै बसोर सामुहिक योजना बनाउन सक्छौं, गाँउ, टोलका समस्या समाधान गर्न सक्छौं । वडा वडाका राजनितिक दल तथा संघ संस्थाहरुले लकडाउनको पालना गर्न र आवश्यक्ताको पहिचान गरि समाधान गर्न क्रियाशिल भएर आचासंहिता बनाए कसैले लकडाउनको उलंघन गर्दैन र हामी सबै सुरक्षित हुन्छौं । हालको राजनितिक व्यवस्था अनुसार सरकार सहित सरकारका तीनै निकायको नेत्तृत्वमा राजनितिक दलबाटै प्रतिनिधित्व भए पनि अहिलेको अवस्थाले सरकारी निकायमा नेततृत्व गर्ने सरकार र बाँकी प्रतिपक्ष जस्तो ध्रुबिकरण देखिएको छ । लक डाउनको यो विषम परिस्थितीमा क्रियाशिल राजनितिक दल, दलका जनवर्गिय संगठनहरु, युवा दस्ता, विद्याथीहरुको समुहको शक्ती अहिले सक्रिय हुने हो भने स्थानिय स्थरमा अहिले भएका छरपष्ट समस्या आफै समाधान हुन्छन् ।  

हिजो जस्तोसुकै अवस्थामा पनि सक्रिय हुने दलको भुमिका अहिले यो अवस्थामा झन सामाजिक बन्नु पर्दछ, लकडाउनको पालना गर्न गराउन समाजमा रहेका दुःखी गरिब विपन्न हरुलाई साहत सामाजिक दायित्व पुरा गर्न गराउन  स्थानिय दल र समुहले सक्रियता देखाए स्वस्फुर्तरुपमा सबैले साथ दिन्छन नै । आफ्नो क्षेत्रमा भएका नागरिकको आर्थिक सामाजिक सांस्कृतीक सबै अबस्थाका ज्ञाता दल तथा नेता कार्यकर्ता नै हुन । उनिहरु कुनै न कुनै रुपमा ती सर्बसाधारणसँग जोडिएका हुन्छन । दल र दलको नेत्तृत्वलाई सधै आफ्नो अभिभावक सम्झेका जनताले अहिलेको अवस्थामा साथ खोज्नु अन्यथा पनि होईन । विश्वमा फैलिएको रोगको महामारी हेर्दा र यसले विश्व अर्थतन्त्रमा पारेको प्रभाव हेर्दा यसको सामना गर्न नेपाललाई ठुलो चुनौति देखिईरहँदा लकडाउनको एक महिना नवित्दै कतै बजारमा सामान नभएको त कतै किसानले उत्पादन गरेको बस्तु विक्री नभएका खबर आईरहेका छन् । यो क्रम अब झन् बढ्दै जान्छ । त्यो अबस्था आउँदा हामी सामना गर्न सक्छौं कि सक्दैनौ ? त्यसको विश्लेषण आजको आवश्यक्ता हो । आजै केहि हुन्न तर सामाजिक एकताबाट आज साकारात्मक काम गरे भोलीलाई पक्कै हुन्छ भन्ने बुझ्नु आजको आवश्यक्ता हो । त्यसैले सबैले जीम्मेवारी बहन गरौं सबै तह र तप्काबाट सहयोग गरौं । रोग संक्रमणको जोखिम भएका कारण सुरक्षित रहनुपर्ने चुनौती सबैलाई छ तर पनि सबै मिलेर यो संक्रमणलाई जीतेनौ भने हामी सबै हार्ने  छौं ।