nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

शिक्षा विकासमा स्थानीय तहको भूमिका   

ssss-1625831265.jpg

अहिले मुलुक विश्वव्यापी कोभिड महामारीबाट ग्रसित छ । भाइरस सङ्क्रमण अत्यन्तै छिटो एकबाट अर्कोमा सर्ने भएकोले बढी भन्दा बढी  सम्वेदनशील मानिएको छ । मानिसहरुको जमघट बाक्लो हुने क्षेत्रलाई सम्वेदनशील क्षेत्र मानी त्यसप्रकारको गतिबिधिलाई निषेधित क्षेत्र मानिनु विविध उपायमध्ये प्रमुख मानिएको छ । अहिले करिब दुई महिनाको लकडाउन पछि  खुकुलो पारिएको निषेधाज्ञामा पनि मानिसका बढी जमघट हुने विद्यालय, क्याम्पस, सिनेमा हल, पार्टी प्यालेस र सामूहिक जमघट भई गरिने सभा–सम्मेलनहरुलाई पूर्णतया बन्देज गरिएको छ । 
यो सकारात्मक पक्ष हो कि अहिले पनि कोभिडको प्रभाव सामान्यीकरण नहुनु र तेश्रो भेरियण्टको प्रभावको लक्षण देखा परिसकेको क्षणमा सबै गतिबिधि सामान्य ठानिनु बुद्दिमानी हुँदैन । त्यसो त प्रथम आक्रमणमा वृद्धवृद्धा र दीर्घ रोगीहरु रोगको सिकार बन्नु, दोश्रो प्रभावमा युवा र केही बालबालिकाहरु पनि सिकार बनेर ज्यान गुमाउन  बाध्य हुनु र तेश्रो र चौँथो भेरियण्ट बालबालिका केन्द्रित हुन सक्ने बिज्ञहरुबाट सुचना प्रदान गर्दागर्दै संवेदनशील विद्यालय क्षेत्रको सञ्चालन नगर्नु केही हदसम्म  सही मान्न सकिन्छ ।

वास्तवमा राम्रा र अनुकरणीय कामहरु सीमित क्षेत्रबाट नै हुने गर्दछ । तर यस्को लागि नेतृत्वको उत्कट ईच्छा र नेतृत्वको अभिलाषा र दृष्टिकोणलाई सहयोग पुराउने उसको टिममा एकाकार हुन अपरिहार्य हुन्छ  ।

तर यहाँ  गम्भीर प्रश्न उठ्छ कि के विद्यालय बन्द गर्नु र गरिरहनु स्थायी समाधान  हो ?
कोरोना कहरको पहिलो लहर २०७६ चैत्र ६ गतेदेखि हुने कक्षा १० को परीक्षालाई चैत्र ५ गतेको राष्ट्रिय परीक्षा बोर्डको सूचनाले बन्द हुन पुग्यो । यद्यपि यस  वर्षको कक्षा १ देखि ९ सम्मको पढाईमा सो वर्ष कुनै असर परेन ।

कक्षा १० को अन्तिम परीक्षा रोकियो । लामो समयको अन्यौलताले विद्यार्थीहरुमा मानसिक तनावले राम्रै घर ग¥यो । तनावको निष्कर्षमा राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले आन्तरिक मूल्याङ्कनको आधारमा नतीजा घोषणा गर्ने र निर्णयकर्तामा सो विद्यालयको प्र अ ,बरिष्ट शिक्षक र विषय शिक्षक समेत रहेको ३ सदस्यीय समितिलाई जिम्मेवारी तोकियो र उतीर्णको कार्यविधी परीक्षा बोर्डले तय गरेबमोजिम हुने प्रबन्ध गरियो । यस प्रकृयाको नतीजा प्रकाशनले विद्यार्थीहरुमा खुशी र दु:खी बनायो । सक्षम विद्यार्थीहरु यो बिधिमा दुखी भए । यसो हुनुमा बिद्यार्थीहरु अन्तिम परीक्षामा तुलनात्मक रुपले बढी मिहेनती हुनु ,उनहरुको अघिल्ला परीक्षाको दाजोमा जिपिए बढाउन प्रयत्न गरिनु र आफ्ना नजिकका प्रतिष्पर्धीहरुीलाई उछिन्दै अघि बढ्ने सपना चकनाचुर हुनु नै थियो । अर्काथरी जो कम मिहिनेतका बावजुद कक्षा १० को अन्तिम परीक्षामा सहभागी हुने र मौका परीक्षाबाट भए पनि कक्षा ११ भर्ना हुने अवसर कुरेर बसेका थिए, उनीहरुको लागि स्वर्ण अवसर प्राप्त भयो, खुशी नहुने कुरै भएन । यसो हुनुका पछाडि राष्ट्रिय परीक्षा बोर्डको यस वर्ष मौका परीक्षाको ब्यबस्था नहुने सूचना पनि काफी हदसम्म जिम्मेवार बन्न पुग्यो । लगभग धेरै विद्यार्थीहरु कक्षा १० को फलामे ढोकालाई सजिलै पार गरे । बिगतको फलामे ढोका भनिने कक्षा १० को परीक्षा अब पर्दामात्र सावित भयो । यो प्रकृयाले परीक्षाको तौललाई हल्का बनाइदिएको तथ्य अघिल्लो वर्ष ४०० को हाराहारीमा  ‘ए प्लस’ ल्याउने विद्यार्थीहरुको संख्या ह्वात्तै बढेर ९००० को संख्यामा पुग्नु, विद्यार्थीको प्रमाणपत्रमा आएको प्राप्ताङ्कको आधारमा अभिभावकहरुको आफ्ना बालबालिकाहरुलाई बिज्ञान पढाएर बिज्ञ बनाउने सपनालाई विद्यार्थी स्वयंले असर्मथता जनाउनु, विद्यार्थी आफँैले आफ्नो लब्धाङ्क पत्रको अङ्कलाई विश्वास नगर्नु आदिबाट पनि थुप्रै पक्षमा ध्यान पुराउनु पर्ने चुनौतीहरु देखायो । तल्ला तहदेखि उच्च  शिक्षामा अध्ययन गर्ने बालबालिकाहरुमा समेत मिहिनेत गर्ने भावनात्मक रुपमा नराम्ररी धक्का पुगेको महशुस हाल भैरहेको तथ्य छर्लङ्ग छ ।

र्तमान कोभिड प्रकोपले  भविष्यको राष्ट्र निर्माताको अभिभारा बोक्नु पर्ने युवा र बालबालिकाहरु सुयोग्य नागरिक बन्ने योग्यता हासिल गर्ने माध्यम शिक्षा आर्जनको अवसरबाट वन्चित छन् । थाहा छैन यो र यसप्रकारको प्रकोप कति समयसम्म प्रभावित हुने हो ? यसैले अहिले स्थानीय सरकारसँग आ–आफ्ना तहका नागरिकहरुलाई सचेत, सक्षम र सुयोग्य नागरिक कसरी बनाउन सकिन्छ ? यो चुनौतीपूर्ण सवाल बन्न पुगेको छ ।

यस शैक्षिक सत्रमा समेत ढिला गरी अध्यापन शुरु हुनु र अन्तिम परीक्षाको मुखैमा पुगेर लकडाउन प्रारम्भ हुन पुग्यो । यसबाट अघिल्लो वर्षको सजिलै उतीर्ण भएका बालबालिकाहरुलाई तोकिएको पाठ्यक्रम पूरा गर्न नपाउनु र अन्तिम परीक्षामा सहभागी हुने अवसरबाट बन्चित हुनुपर्दा प्रथम र द्वित्तीय परीक्षाको आधारमा कक्षा चढाउने प्रकृयाले पुनः बज्रपात हुन पुग्यो भने कक्षा १० का विद्यार्थीहरु करिब–करिब कोर्ष पूरा भए पनि अभ्यास गरेर योग्य बन्ने समयमा बन्दाबन्दी लागु हुँदा उनीहरुको पनि लक्ष्य पूरा हुन सकेन । कक्षा १० को अन्तिम परीक्षा यस वर्ष पनि विद्यालयले नै सिफारिस गर्ने र मुल्याङ्कनकर्तामा गत वर्षको विधिमा थप गरेर प्रअको अध्यक्षतामा अँग्रेजी, गणित , विज्ञान शिक्षकहरु  र एक जना पुरानो वा वरिष्ट शिक्षक रहेको समिति रहने भनी गत वर्षको कार्यविधिमा बुँदाहरु थप गरी  समितिलाई यथासम्भव उत्तरदायी बनाउने गरी  बनेको सूचना सम्प्रेषण भएको छ भने अन्य कक्षाको हकमा नतिजा प्रकाशन भई नयाँ सत्र भर्ना अभियान शुरु भैसकेको छ । 

शिक्षा र शिक्षण, ज्ञान आर्जन गरेर राज्यले तोकेको पाठ्यक्रममा बिज्ञता प्राप्त गर्ने माध्यम हो । जुन माध्यमको नियमित, विधिसम्मत र लगनशील भई पढ्नु र पढाउनु वा सिकाउनुपर्ने हो, त्यो माध्यम नै अन्यौलग्रस्त भइरहेको वर्तमान अवस्थामा शिक्षा सरोकारीहरुको दायित्व एक्कासी बढेको छ । भनिरहनु पर्दैन कि ठीक बेलामा ठीक निर्णय गर्न नसके ठीक काम गर्न सकिँदैन । परिणाम बेठीक प्राप्त हुन्छ । बेठीक नतीजाले उत्पादन पनि बेठीक नै गर्दछ । जुन स्वभाविक हो । शिक्षा आर्जन केबल कर्मकाण्डीमा मात्र सीमित गराउनु अक्षम्य भुल हुन जान्छ ।
बदलिएको बिश्वमा शिक्षा एकपछि  अर्को गरी नयाँनौलो पद्धति र प्रकृयामा चलिरहेको, जन्मिरहेको र जन्माइरहेको हुन्छ । जसको सार नयाँ प्रविधिबाट समाजको रुपान्तरण नै हो कि जीवनशैलीमा सरलीकरण, चेतनामा वृद्धि र ब्यापकता । अहिले हामीलाई यस सङ्गीन क्षणमा पु¥याएको छ । भनिन्छ, ठूलाहरु तिनै हुन् ,जसले असहजतालाई सहज बनाउने प्रयास गर्छ । सफलता प्राप्त गर्दछ ।

कतिपय पालिकाहरुको परिषद बैठकद्वारा विद्यार्थीहरुको वर्तमान परिस्थितिलाई ध्यानमा राखी योजनाहरु प्रस्ताव गरेका खबरहरु आइरहेका छन् । कतिपय पालिकाहरुले शिक्षकहरुलाई अनलाइन सीप विकास तालिम, कतिपयले शिक्षकहरुलाई ल्यापटप वितरण, कतिपयले विद्यालय सेवा क्षेत्रमा वाइफाइको प्रबन्ध, विद्यालय प्रबलीकरण, अभिभावक सक्षमता र विद्यार्थी सहजीकरण जस्ता कार्यक्रमहरु पस्किरहेका छन् । यो दायित्वबोधसँग अन्तर्सम्बन्धित् छन् । जसको परिणाम वर्तमानमा लगानी महँगो भए पनि  भविष्य ती बालबालिकाहरुको उज्ज्वल भविष्यसँग महत्वपूर्ण हुनेछ ।

वाल्मीकिले संस्कृतमा लेखेको रामायणलाई भानुभक्तले नेपाली भाषामा उल्था र श्लोकशैलीमा सरलीकरण  गरेर गरेको योगदानले उनलाई आदिकवि बनायो । तत्समयमा उनको समकालीन घाँसीले बटुक सुबिधाको लागि कुवा खनेर आदिकविको समकक्षी  बन्न पुगेको पनि स्मरणीय छ । योगदानलाई वर्तमान परिप्रेक्ष्यमा तुलना गर्ने हो भने तौल कम हुन सक्दछ । तर ठीक बेलाको सही निर्णयले ऐतिहासिक महत्व प्राप्त गर्यो र लामो समय गरिमा रहिरहनेछ । यो सोचाइ र गराइबाट वर्तमान समयका सामाजिक अगुवाहरु र अधिकारप्राप्त जननेताहरुले आफ्नो कर्तब्यपरायणतालाई अवसर मानेर शिक्षा लिनु जरुरी छ कि  घाँस काटेर परिवार पाल्दै आएका र बचेको पैसाबाट कुवा खनेर कीर्ति राख्न उद्दत घाँसीले जसरी श्रोतको सिर्जना गरेर अमर बने त्यसैगरी हाल प्राप्त संघीय, प्रान्तीय र स्थानीय श्रोत र साधनको भरपुर उपयोग ठोस योजनाको आधारमा पारदर्शी शैलीले दीर्घकालीन महत्व राख्ने गरी प्रयोग गर्नु जरुरी छ ।

वर्तमान कोभिड प्रकोपले  भविष्यको राष्ट्र निर्माताको अभिभारा बोक्नु पर्ने युवा र बालबालिकाहरु सुयोग्य नागरिक बन्ने योग्यता हासिल गर्ने माध्यम शिक्षा आर्जनको अवसरबाट वन्चित छन् । थाहा छैन यो र यसप्रकारको प्रकोप कति समयसम्म प्रभावित हुने हो ? यसैले अहिले स्थानीय सरकारसँग आ–आफ्ना तहका नागरिकहरुलाई सचेत, सक्षम र सुयोग्य नागरिक कसरी बनाउन सकिन्छ ? यो चुनौतीपूर्ण सवाल बन्न पुगेको छ ।

कोभिड १९ को बिश्वब्यापी प्रभाव र सबै तहको विद्यार्थीहरुको अड्किएको शिक्षा आर्जनको अवसरलाई तालमेल उपयुक्त समयमा नै  मिलाउन सकिएन भने हाम्रो भोलीको समाज कस्तो हुन्छ ? उनिहरुबाट हाम्रा नवोदित सन्तानहरुले के आशा र भरोसा लिने ? क्रमिक रुपमा स्कुल कलेजहरु बन्द हुँदै जाने, बालबालिकाहरुको उमेर बढ्दै जाने र अभिभावकहरुको चहाना कक्षोन्नति  भइरहने परिपाटीको बिकल्प सोच्न सकिएन र ब्यबस्थापन गर्न सकिएन भने हामी सबैले नचाहेर पनि आखिर हुने त्यही त हो । यस परिस्थितिलाई मध्यनजर गरी  कतिपय पालिकाहरुको परिषद बैठकद्वारा विद्यार्थीहरुको वर्तमान परिस्थितिलाई ध्यानमा राखी योजनाहरु प्रस्ताव गरेका खबरहरु आइरहेका छन् । कतिपय पालिकाहरुले शिक्षकहरुलाई अनलाइन सीप विकास तालिम, कतिपयले शिक्षकहरुलाई ल्यापटप वितरण, कतिपयले विद्यालय सेवा क्षेत्रमा वाइफाइको प्रबन्ध, विद्यालय प्रबलीकरण, अभिभावक सक्षमता र विद्यार्थी सहजीकरण जस्ता कार्यक्रमहरु पस्किरहेका छन् । यो दायित्वबोधसँग अन्तर्सम्बन्धित् छन् । जसको परिणाम वर्तमानमा लगानी महँगो भए पनि  भविष्य ती बालबालिकाहरुको उज्ज्वल भविष्यसँग महत्वपूर्ण हुनेछ ।

वास्तवमा राम्रा र अनुकरणीय कामहरु सीमित क्षेत्रबाट नै हुने गर्दछ । तर यस्को लागि नेतृत्वको उत्कट ईच्छा र नेतृत्वको अभिलाषा र दृष्टिकोणलाई सहयोग पुराउने उसको टिममा एकाकार हुन अपरिहार्य हुन्छ  ।

सारमा थाहानगरपालिका कृषि, पर्यटन  र पूर्वाधारहरुको बिकासमा आफ्नो लक्ष्य बोकेर अघि बढिरहेको सन्दर्भमा पूर्वाधारहरुको पनि पूर्वाधार शिक्षा नै भएकोले अबका दिनमा यो नगरपालिकालाई यो सङ्क्रमणको अवस्थामा विद्यार्थीहरुको भविष्य उज्जवलताको लागि टोलटोलमा वाइफाइको प्रबन्ध , शिक्षकहरुको क्षमता अभिवृद्धिको योजना र सो लक्ष्यमा पुग्न असमर्थ वा अभिरुचि नदेखाउनेहरुलाई उचित सम्मानका साथ विदाइ, अभिभावकहरुलाई बालबालिकाहरुप्रति  अभिभावकीय दायित्वको सचेतना, शैक्षिक सरोकारी र लगानीकर्ताहरुलाई आधुनिक अवस्थाको सहजीकरण हुने लगानीमा अभिप्रेरित, विद्यार्थीहरुको सहजताको लागि अवस्था पहिचान र दीनदुखी र जेहन्दारहरुलाई दिँइदै आएको छात्रवृत्तिको परिणाम र सेक्टरलाई परिवर्तन, चुस्तदुरुस्त र जवाफदेही पूर्ण अनुगमन, विद्यालयहरुको अवस्था पहिचान गरी भविष्यमा ठूला स्कुल, पूर्ण स्कुल, सम्पन्न स्कुल, केन्द्रीकृत स्कुल र आवासीय स्कुलको परिकल्पना र कार्यान्वयन आजको आवश्यकता हो र यसो गर्न सके हाम्रो विकेन्द्रित अधिकार र कर्तब्यको भूमिका निर्वाह हुने ठहर हुन्छ भन्ने लाग्दछ ।
 



https://thahatimes.com/public/images/users/sanobhai-karki-1625829380.jpg

सानोभाइ कार्की

ksanobhai999@gmail.com

कार्की थाहा नगरपालिकामा रहेर राष्ट्रिय स्तरको नेतृत्व गरिरहेका व्यक्तित्व हुन् ।