Monday, 7th September, 2026
वि.स.

मनहरीमा बाघको आक्रमणबाट १ को मृत्यू दुई घाइते

मकवानपुरको मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट १२ फागुनमा एक महिलाको मृत्यु भएको छ ।

गाउँ छिरेको बाघको आक्रमणबाट मनहरी(७ रमौलीकी ४२ वर्षीया सरस्वती बतौंलाको मृत्यु भएको हो । घरनजिकै घास काट्न गएकी बर्तौलालाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट अन्य २ जना घाइते भएका छन् ।

आक्रमणबाट घाइते भएका स्थानीय राजकुमार अर्यालको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०