Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुर मै पहिलो भुपुसैनिक श्रीमती संघ गठन

प्रदेश नं ३ को मकवानपुरमा नै पहिलो भुपुसैनिक श्रीमती संघ गठन भएको छ । सैनिक सेवालाई लामो समय योगदान दिएर समाजिक सेवामा समर्पित भुपुसैनिक संघ मकवानपुरले भुपुसैनिकका परिवार तथा महिलाहरुलाई पनि समाजिक कार्यमा साथसाथै अघि बढाउन भुपु सैनिक श्रीमती संघ गठन गरेको हो । संगठनकै रुपमा भुपुसैनिकका महिलाहरुलाई आफ्नै परिवारको व्यक्ति भए पनि समाजिक कार्यमा एकसाथ अघि बढ्न सहज हुने भन्दै आफ्नो नेतृत्व र पहलमा उक्त संघको गठन गरेको भुपुसैनिक संघ मकवानपुरका सभापति कमल कुमार के.सी.ले बताए ।

मकवानपुरको हेटौंडामा हालै सम्पन्न जिल्ला भेलाले डोल्मा स्याङ्बोको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । जसमा उपाध्यक्ष निर्मला रायमाझी, सचीव लक्ष्मी घिमिरे, सह सचिव पबित्रा तिवारी, कोषाध्यक्ष मेनुका श्रेष्ठ चयन भएका छन भने सदस्यहरुमा दुर्गा माया मिश्र, भद्रादेवी घिमिले, चन्दा थापा, चन्दा थापा, यसोदा थापा, जुनकीरी पुडासैनी र सगुन देउला रहेका छन् । 
साथै संघको  कमल कुमार के.सी. को अध्यक्षतामा सुजित थापा र रोहिनी बस्नेत सहितको ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।
कार्यक्रम मार्फत भुपुसैनिकका महिलाहरुले भुपु सैनिकहरुसँग हातेमालो गर्दै सामाजिक कार्यमा अघि बढ्ने प्रतिवद्दता व्यक्त गरे । भुपुसैनिक संघ मकवानपुरका सभापति कमल कुमार के.सी. प्रमुख आतिथ्यतामा भुतपुर्व सैनिक संघको जिल्ला भेला सप्पन्न भएको हो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।