nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर इन्द्रसरोवरमा ४ दिन यज्ञ तथा वाङ कार्यक्रम हुने

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ५ फाखेलको फेदी मकैवारी स्थित यज्ञ तथा वाङ कार्यक्रम हुने भएको छ ।

बज्र किलाय जग्य (यज्ञ) तथा अभिषेक (वाङ) कार्यक्रम मुल समारोह समिति इन्द्रसरोवर ५ फेदी मकैवारीको आयोजनामा सो कार्यक्रम हुन लागेको हो । कार्यक्रममा रिक्जेन फोटाङ गुम्वा फर्पिङको प्रमुख अवतारी बाैद धर्म गुरू ख्युङटुल रिम्पोर्छेले विद्यामानतामा बज्र किलाय जग्य (यज्ञ) तथा अायु अभिषेक गराउने छ ।

कार्यक्रम यहि चैत्र १६ गते देखी चैत्र २१ गते सम्म ४ दिन बिहान ७ बजे देखि बेलुकी ९ बजे सम्म सञ्चालन हुने तालिका रहेको आयोजकले जनाएको छ । जसअनुसार चैत्र १६ गते देखि १८ गते सम्म तोर्मो बनाउने,१९ गते बज्र किलाय जग्य ( यज्ञ) कार्यक्रम गर्ने, २० गते बज्र किलाय पूजा एवम् जन्म देखि मृत्यु सम्मको संक्षिप्त संस्कार सम्बन्धि प्रवचन कार्यक्रम र २१ गते बज्र किलाय अायु अभिषेक ( वाङ) कार्यक्रम गरिने तालिका रहेको आयोजक समितिका संयोजक राजु थोकरले जानकारी दिए । यज्ञ तथा वाङ कार्यक्रममा सहभागी भै आयु अभिषेक गरी कार्यक्रमको लाभ लिन आयोजक समितिले बौद्ध, हिन्दु तथा इच्छुक सम्पुर्णमा उपस्थितिका लागी आव्हान गरेको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg