nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा वर्ष दिनमा १३ बलत्कृत–इन्सेक

मकवानपुरमा सन् २०१६ को हालसम्मको अवधिमा १३ वटा बलात्कारको घटना भएकाछन् भने बहुविवाहको आरोपमा  ७ वटा मुद्धा दर्ता भएको पाईएको छ । यो तथ्याङ्कलाई हेर्दा मकवानपुरमा महिनै पिच्छे बलत्कृत भएको देखिन्छ । इन्सेक मकवानपुरले सार्वजनिक गरेको सन् २०१६ मा मकवानपुरमा भएका मानवअधिकार उलंघन र जघन्य अपराधको तथ्याङ्कमा यस्तो पाइएको हो । 

इन्सेकले प्रत्येक वर्ष फागुन ७ गते प्रकाशन गर्ने गरेको मानवअधिकार वर्ष पुस्तकको लागि मकवानपुरबाट तथ्याङ्क सार्वजनिक भएको हो । हेटौंडामा एक कार्यक्रमको आयोजना गरि इन्सेक मकवानपुरका प्रतिनिधि प्रताप विष्टले तथ्याङ्क सार्वजनिक गरेका हुन् । तथ्याङ्क अनुसार सन् २०१६ मा मकवानपुरमा ३ वटा हत्याका दोषिलाई प्रहरीले दोषिलाई पक्राउ गरेको जनाईएको छ । सन् २०१६ मा बलात्कार तथा मानव बेचविखनको घटनामा भने बृद्धि भएको इन्सेक मकवानपुरले जनाएको छ ।

कार्यक्रममा गाउँगाउँमा चेतनाको विस्तारले पीडितहरु न्यायको पहुँचमा पुग्ने क्रम बढेको बताउँदै जघन्य प्रकृतिका अपराध न्युनिकरणमा सबैको सहयोग आवश्यक रहेको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरि पन्तले बताए । 

कार्यक्रममा जिल्ला वारका अध्यक्ष अजमिर केसी, माइती नेपाल हेटौँडाकी प्रमुख माया लामा, अस्मिता नेपालकी आरती पाठक, कोक्यापका दिपेन्द्र ढाकाल लगाएतको उपस्थिती रहेको थियो । 



https://thahatimes.com/public/images/users/23439408_1021306737743099-1510299763.jpg

रामकुमार कार्की

palunge@gmail.com

कार्की यस अनलाइनका डेस्क सम्पादक हुन् । उनी फोटो पत्रकार हुन् ।