Sunday, 25th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

मकवानपुरमा देउसीभैलो १० राती बजेसम्म मात्र

जिल्ला प्रशासन कार्यालय मकवानपुरले दीपावलीमा खेलिने देउसीभैलोका लागि समय निर्धारण गरेको छ । निमित्त सहायक प्रमुख जिल्ला अधिकारी हरिराज पन्तका अनुसार यसवर्ष राति १० बजेसम्म मात्र देउसी भैलो खेल्नेका लागि समय निर्धारण गरिएको छ । ‘हामीले सरकारले गरेको निर्णयलाई जिल्लास्तरमा लागू गरेका हौं’, पन्तले भने । उनले देउसीभैलो खेल्नेहरुलाई संयमित भएर चाडपर्व मनाउन पनि सुझाएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाडपर्वको समयमा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै मापासे गरेर सवारी नचलाउन, जुवातास नखेल्न र पटाका
नपड्काउन र नेबेच्न आग्रह गर्दै हेटौंडामा माइकिङ गरेको छ 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg