Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा खोलामा डुबेर १ को मृत्यु

मकवानपुरको पूर्वीक्षेत्रमा पर्ने बकैया गाउँपालिकामा खोलामा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको बकैया–८, मामदमारका १४ वर्षीय बालक सुकलाल बल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले जानकारी दिए ।

उनका अनुसार, साथीहरुसँग बकैया–३ र ८ को सिमाना खजुरीदमारस्थित बकैया खोलामा पौडी खेल्न गएका उनको खोलामा डुबेर मृत्यु भएको हो । उनको शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०