nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा एक वर्षमा साढे १६ हजार जनाले नागरिकता लिए

जिल्ला प्रशासन कार्यालय मकवानपुरले बितेको आर्थिक वर्ष २०७५–०७६ को कामको विवरण सार्बजनिक गरेको छ । आज मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले पत्रकार सम्मेलन गर्दै एक वर्ष भरी गरेका कामको बिवरण सार्वजनिक गर्नुभएको हो ।

जिल्ला प्रशासन कार्यालयले एक वर्षको अवधिमा बंशजको आधारमा नयाँ नागरिकता १६ हजार ६१३ जनालाई दिएको छ । त्यस मध्यमा पुरुष ७ हजार १९ जना र महिलाहरु ९ हजार ५ सय ९४ जनालाई नागरिकता दिइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले बताउनुभयो । यसैगरी वैवाहिक अंगिकृत नागरिकता १६ जना जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई बंशजको नागरिकता ३० र प्रितिलिपि नागरिकता ७ हजार ६ सय ८६ वटा वितरण गरिएको उहाँले बताउनुभयो ।

सेवा प्रवाहलाई जनताको घरदैलोसम्म पुर्याउने उद्देश्यले यस कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा विभिन्न मितिमा नागरिकता वितरण घुम्ती शिविर सञ्चालन गरिएको थियो । जिल्लामा शान्ति सुरक्षाको विश्वसनीय र भरपर्दो सुरक्षा व्यवस्था मिलाई नागरिकको शान्ति सुरक्षा र अमनचयनको व्यवस्था पूर्णरुपमा एक वर्षको अवधिमा मिलाइएको छ ।

जिल्लाको सुरक्षामा एकीकृत रणनीतिक सुरक्षा योजना तयार गरिएको र त्यस अनुसार काम गरिएको प्रजिअ तामाङले बताउनुभयो । जिल्ला सुरक्षा समितिको बैठकलाई गतिशील, नतिजामुखी र प्रभावकारी बनाउँदै जिल्ला सुरक्षा समितिको बैठक ३३ पटक स्पष्ट एजेन्डा सहित सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

मकवानपुर क्षेत्रमा पर्ने राजमार्गलाई निर्वाध रुपमा सञ्चालन हुने व्यवस्था मिलाउँदै जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयहरुको नियमित रुपमा निरीक्षण गरिएको प्रशासनको बार्षिक प्रगतिमा उल्लेख छ । । गुण्डागर्दी, संगठित अपराध, जबरजस्ती असुली, महिला हिंसा लगायतका अपराधलाई नियन्त्रणमा काम भएको उहाँले बताउनुभयो । अवैध हातहतियारको प्रयोग तथा ओसारपसार नियन्त्रण गर्ने काम गरिएको छ ।

स्रोतः जनपत्र