Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा एकै परिवार सात सहित १० जनाको मृत्यु

मकवानपुरको बकैया गाउँपालिकाको वडा नंबर १० अम्बासबेसीमा पहिरोमा परि एकै परिवारका सात जनाको मृत्यु गएको छ । बकैया १० अम्बासका मंगलसिह न्यासुरको एकैै परिवार पहिरोमा परि ज्यान गएको हो । न्यासुरका  ४ छोरी, १ छोरा, श्रीमती सहित सात जनाको मृत्यु भएको बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखेले जनाकारी दिइन् । 

हालसम्म ३ जनाको शव भेटीएको र केहि शवको शरिरको केहि भाग भेटीएको स्थानीयको भनाई रहेको छ ।

यसैबीच बकैया गाउँपालिका वडा नंबर १ धियाँलमा धियाल खोलाले बगाएर स्थानीय सुनमाया मोक्तानको ज्यान गएको छ भने बकैया ६ को सुकौरा खोलले बगाउँदा स्थानीय बिरबहादुर घलान बेपत्ता भएका छन् । त्यस्तै भिमफेदी गाउँपालिका ८ का ६० वर्षिय मिठु दानीको मृत्य भएको भिमफेदी प्रहरीले जनाएको छ ।