Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरगढीको बरभञ्ज्याङमा ‘स्वस्ती शान्ति महायज्ञ पुजा तथा छेवाङ’ हुने

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ बरभञ्ज्याङमा ‘स्वस्ती शान्ति महायज्ञ पुजा तथा (छेवाङ) दिर्घायु अभिषेक कार्यक्रम हुने भएको छ । बरभञ्ज्याङमा अवस्थित टासी देछेन छ्योईलिङ गुम्बा प्राङ्गणमा यही पुस २५ गतेदेखि २७ गतेसम्म कार्यक्रम गर्ने तयारी गरिएको मुल समारोह समिति संयोजक पाल्साङ बज्र लामा तामाङले जानकारी दिए ।

त्रिदिवसीय कार्यक्रम सफल बनाउनका लागि पाल्साङ बज्र लामा तामाङको संयोजकत्वमा १ सय २५ सदस्यीय मुल समारोह समिति समेत गठन गरिएको छ । समितिको संयोजकमा उपसंयोजकमा इन्द्रबहादुर गोले तामाङ, सचिवमा प्रितमराम रुम्बा र सदस्यहरुमा मोहनराज स्याङ्तान, राजवीर  मोक्तान, बलबहादुर थिङ, धनबहादुर थिङ र शुकराज घिसिङ चयन भएका छन् ।

त्यस्तै आर्थिक संयोजक सानुकान्छा थिङ, प्रचारप्रसार विभाग संयोजक राज स्याङ्तान, पुजा विभाग संयोजक पृथ्वी दोङ, अतिथि सत्कार विभाग संयोजक चतुरमान घलान, स्वयमसेवक संयोजक प्रेम भोम्जन, व्यवस्थापन समिति संयोजक कुमार गोले र खाद्य तथा चियापान व्यवस्थापन संयोजक बुद्धिमाया थिङ चयन भएका छन् ।

प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले उद्घाटन गर्ने कार्यक्रममा धर्मगुरु क्याब्जे डुपबोन लामा श्येराव तेन्दर रिम्पोछेबाट छेवाङ (दिर्घायु अभिषेक) समेत हुने बताइएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०