nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरगढीको नीति तथा कार्यक्रम: ‘नारा नै नारा, विकासको साहारा’

मकवानपुर गढी गाउँपालिकाले “व्यवसायिक पशुपालन र कृषिलाई उद्यम र युवालाई उद्यमी” भन्ने नारा सहित कृषिलाई  प्रवद्र्धन गर्न बजेट विनियोजन गरेको छ । गाउँपालिकामा दुग्ध तथा मासु जन्य उत्पादनलागत कम गर्न सघाउ पु¥याउने उद्देश्यले स्थानीय कच्चा पदार्थमा आधारीत हुनेगरी गाउँपालिका र सहकारी संस्थाहरुको साझेदारीमा दाना उद्योग स्थापनाका लागि बजेट विनियोजन गरेको छ । गाउँपालिकाले आफ्नो नीति

तथा कार्यक्रममा “प्रत्येक घरको सदस्य सहकारीमा, सहकारी हाम्रो जीवनमा” भन्ने अभियानलाई सार्थक बनाउन प्रत्येक घरका सदस्यलाई एउटा विषयगत सहकारीमा आवद्ध गराई सहकारी मार्पmत उत्पादन र आयमुलक अभियानमा सहभागी गाराउन बजेट विनियोजन गरेको उल्लेख छ । 
गाउँपालिकाले ‘विदेश नजाउ, गाउँमै रमाउ’ भन्ने नारालाई सार्थकता दिन उद्यमशिलता विकास गर्ने नीति लिएको छ । सीप तथा प्रविधीयुक्त जनशक्ति निर्माणका लागि ५ वर्ष भित्रमा २ हजार ५०० उद्यमी तयार गर्ने गुरु योजना कार्यान्वयन गर्न विभिन्न साझेदार निकायहरु, दातृ संघ संस्थाहरुसंग सहकार्य र समन्वय गरी कार्य अगाडी बढाउन बजेट विनियोजन समेत गरेको प्रमुख प्रशासकीय अधिकृत भिम परियारले जानकारी दिए ।  

“एकिकृत पर्यटन विकास कार्यक्रम” को गुरुयोजना तयार गरी प्रदेश र केन्द्रिय सरकार, साझेदार सहयोगी दातृ निकाय खोजी गरी आगामी वर्षबाट कार्य प्रारम्भ गर्न बजेट विनियोजन गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै “सिपमुलक  प्राविधिक शिक्षा आजको हाम्रो आवश्यकता” भन्ने नारालाई सार्थकता बनाउन सबैलाई पायक पर्ने स्थानमा विशेष गरी कृषि भेटनरी तथा अन्य प्राविधिक शिक्षा अध्यापन गर्नका लागि आवश्यक वहु प्राविधिक शिक्षालय स्थापनाको लागि आगामी आ.व. २०७५/२०७६ देखी वंशगोपाल मा.वि.मा सुरुवातको लागि बजेट विनियोजन गरिएको उल्लेख छ । 

मकवानपुरगढी गाउँपालिकामा बालबालिकामा आएको पोषणको खस्कदो अवस्थामा सुधार ल्याउन तथा विद्यालय आउन थप उत्प्रेरीत गर्न विद्यालय दिवा खाजा कार्यक्रम संचालन गर्न गाउँपालिकाको आवश्यक बजेट सहित साझेदार दातृ निकायसंग समन्वय गरी कार्य अगाडी बढाउने नीति छ । परिवार नियोजन कार्यक्रमलाई प्रवद्र्धन तथा महिला स्वस्थ्यलाई मध्यनजर गर्दै आदर्श परिवारको आवधारणा अनुसार परिवार नियोजनका लागि प्रोत्साहन गर्न पुरुष बन्ध्याकरण प्रोत्साहन कार्यक्रम संचालन गरि गाउँपालिकाको तर्फबाट १ हजार ५०० सय प्रोत्साहन उपलब्ध गराउन गाउँपालिकाले बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत परियारले जानकारी दिए ।  

गाउँपालिकमा खेलकुद विकास समितिमार्पmत संचालन हुने खेलकुदको कार्यक्रम संचालन गर्न खेलकुद क्यालेन्डर निर्माण गरि सोही अनुसार खेलकुदको कार्यक्रमहरु संचालनका लागि बजेट विनियोजन गरेको छ । “आजको युवा नेतृत्व, सम्वृद्ध गढी गाँउपालिका निर्माणको उत्तरदायित्व”  भन्ने नाराका साथ मकवानपुरगढी गाँउपालिका स्तरीय युवा परिषद गठन गरी निती निर्माण सहित युवा    लक्षित कार्यक्रमहरु संचालनकालागि समेत बजेट विनियोजन गरिएको छ । हिंसा पिडित, असहाय एकल महिला, जोखिममा परेका, बेसहारा एवं  अपाङ्गता भएका महिलाहरुको अधिकार प्राप्ति, पुर्नस्थापनाका लागी पहल लागि “असहायसंग गाउँपालिका अध्यक्ष” कोष स्थापना गर्ने नीति मकवानपुर गढी गाउँपालिकाको रहेको छ । 

बाल विवाह विरुद्धका सचेतना मूलका कार्यक्रम संचालन तथा वि.सं. २०७७ सालभित्र मकवानपुरगढी गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषण गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । त्यस्ते वि.सं. २०७७ सालभित्र मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्न यसै आर्थिक वर्षबाट कार्य प्रारम्भ गर्न बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षबाट सवै प्रकारका घटना दर्ता प्रक्रियालाई अनलाइन घटना दर्ता प्रक्रियामा आवद्ध गर्न आवश्यक बजेट विनियोजन विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत परियारले जानकारी दिए ।  
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)