Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरको बुढीचौर पकेट क्षेत्र घोषणा

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढिचौरलाई प्लाष्टिक घर भित्र तरकारी खेती पकेट क्षेत्र घोषणा गरिएको छ । 

बुढीचौरमा प्लाष्टिकको टनेल भित्र व्यावसायिक तरकारी खेतिमा सहयोग गर्न पकेट क्षेत्र घोषणा गरिएको हो । “मकवानपुरगढी गाउँपालिकाको समृद्धिको आधार शिक्षा, कृषि, पर्यटन र पूर्वाधार” भन्ने नारासहित कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाइले बुढिचौरलाई पकेटक्षेत्र घोषणा गरेका हुन् । 

कार्यक्रममा अध्यक्ष बिदुर हुमागाइले बेमौसमी तरकारी खेतीलाई प्रोत्साहन गर्न पकेट क्षेत्र घोषणा गरिएको बताए । उनले टनेल भित्र विविधीकरणको खेती गर्न आग्रह गरे। कार्यक्रममा उनले कृषकहरुलाई अर्गानिक खेतीलाई प्राथमिकता दिन अनुरोध गरे । बुढीचौरमा मौसम राम्रो भएकोले तरकारी उत्पादन पनि धेरै हुने बताए । पशुपालनलाई जोडेर अर्गानिक रुपमा जैविक विषादीको प्रयोगबाट तयारी खेति गर्न उनले कृषकहरुलाई आग्रह गरे ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले गाउँपालिकाको कार्यपालिका बैठकबाट निर्णय भए बमोजिम कार्यक्रम अगाडि बढाइएको जानकारी दिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०