Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरको बकैयाबाट गाई काट्ने चारजना पक्राउ

मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ मा गाई काटेको आरोपमा प्रहरीले चार जनालाई १७ पौषमा पक्राउ गरेको छ । गाई काटेर मासु भाग लगाईरहेको अवस्थामा प्रहरीले बकैयाको हात्तिसुडे प्रहरी चौकीबाट प्रहरी साहायक निरक्षक जयप्रकाश पाण्डेको नेतृत्वको टोलीले बकैया ४ कान्द्राङबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बकैया गाउँपालिका ७ का राजकुमार सिंतान, शंकर भोम्जन, प्रेमबहादुर लोप्चन तथा जयबहादुर नेगी रहेका छन् । बकैया गाउँपालिकामा राष्टिय जनावरको रुपमा रहेको गाई काटेर खाने क्रम बढेको सूचना प्राप्त भएपछि प्रहरीले उक्त गाउँपालिकामा सक्रियता बढाएको हो । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०