nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरको पालुङमा पहिलो पटक 'सालक' भेटियो

मकवानपुर थाहा नगरपालिकामा दुर्लभ सालक फेला परेको छ । थाहा नगरपालिका वडा नम्बर २ खाल्डे बजार नजिकैको नालामा १४ असार साँझ सालक फेला परेको स्थानीय सुशान्त ढकालले जानकारी दिए । यस क्षेत्रमा हालसम्म सालक पाइएको थिएन । ‘क्लाइमेट चेन्ज’संगै यस क्षेत्रमा पनि सालक पाइएको हुनसक्ने अनुमान छ । 

नालामा भेटिएको सालकको स्थानीयहरुले उद्धार गरेर इलाका प्रहरी कार्यालय पालुङमा बुझाएका छन् । भेटिएको सालक कुन जातको भन्ने कसैले चिनेनन् । सालकको आहारा कमिला तथा धमिरालगायतका किरा भएकाले उक्त सालक आहारको खोजीमा निस्किएको हुनसक्ने स्थानीइहरुको अनुमान छ । 

यसको अवैध सिकारसमेत हुने गरेको छ । सालकलाई मासु र त्यसको खपटाबाट क्यान्सर तथा दमको रोग निको हुने विश्वास गरिने भएकाले त्यसको बढी सिकार गर्ने गरेको बताइन्छ । यस प्रकारको प्रजाति समुद्र सतहदेखि एक हजारदेखि दुई हजार २०० मिटरसम्मको उचाइमा पाइने यससिंग सम्बन्धीत जानकारहरु बताउँछन् । 

उद्वार गरिएको सालकलाई १५ असारमा जनप्रतिनीधि, पत्रकार, वन कार्यालयका प्रतिनीधिसहितको सहभागितामा सुरक्षित स्थानमा छोडिने बताइएको छ । विश्वमा पाइने आठ जातिका सालकमध्ये नेपालमा कालो सालक (अतिसङ्कटापन्न) र तामे सालक (लोपोन्मुख) गरी दुई जातिका सालक पाइन्छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)