nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 20th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरको थाहानगरमा ट्रकमा आगजनी

त्रिभुवनराजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नं. ४ नयाँगाउँमा नचिनेका समूहले ट्रकमा आगजनी गरेको छ । गएराती पौने १२ बजे काठमाण्डौबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । 

विप्लव नेतृत्वको नेकपाले बन्द आव्हान गरेको पूर्वसन्ध्यामा गुडीरहेको उक्त गाडीलाई रोकेर चालक तथा सहचालकलाई बसबाट ओराली पेट्रोल छर्केर आगजनी गरेको चालकले जानकारी दिए । मास्क लगाएका एक समूहले ट्रकमा आगजनी गरेको बताइएको छ । घटनाको कुनैपनि समूले जिम्मा लिएको छैन । 

ट्रकमा लागेको आगो थाहा नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो । ट्रकको अगाडिको भाग पूरै जलेको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)