nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरका स्थानीय तहको बजेट आज, बजेट ६ अर्ब ३७ करोड,इन्द्रसरोवरमा सबैभन्दा थोरै २९ करोडको बजेट ल्याउने तयारी
इन्द्रसरोवरमा सबैभन्दा थोरै २९ करोडको बजेट ल्याउने तयारी

प्रदेश नं ३ को मकवानपुरका १० वटा स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७६÷०७७ को लागि करिब ६ अर्ब ३७ करोडको बजेट ल्याउने तयारी गरेका छन् । असार १० गाते मंगलबार आज सबै स्थानिय तहले नगर तथा सभाकोे आयोजना गरेका छन् । मकवानपुर जिल्लामा सबैभन्दा ठुलो बजेट हेटौंडा उपमहानगरपालिकाले ल्याउने भएको छ । ३ नम्बर प्रदेशको अस्थायी राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७६÷०७७ का लागि २ अर्ब ८ करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । चालू आर्थिक वर्षका लागि १ अर्ब ८२ करोड रुपैयाँको बजेट ल्याएको नगरपालिकाले २६ करोड रुपैयाँ बढाएर बजेट ल्याउने तयारी गरेको हो । हेटौंडा उपमहानगरले ६ ओटा योजनालाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । यस्ता योजना प्रदेश सरकारसँगको सहकार्यमा शुरू गर्न लागिएको उपमहानगरले बताएको छ । हेटौंडाको बस टर्मिनल निर्माणमा ३ करोड, कर्रा कोरिडोर निर्माणमा २ करोड, बृहत्तर हेटौंडा चक्रपथ निर्माणको लागि ३ करोड रुपैयाँ विनियोजन गर्ने तयारी गरिएको नगरप्रमुख हरिबहादुर महतले बताए ।
यस्तै थाहा नगरपालिकाले ७५ करोड बजेट ल्याउने तयारी गरेको छ । थाहा नगरपालिकाले अबको आर्थिक वर्षमा ९० प्रतिशत भन्दा माथि खर्च गर्ने दाबी गरेको छ । थाहा नगरपालिका मेयर लवशेर विष्टले वडामा सिलिङ पठाएर बजेट निर्माण गरेको बताए । यस्तै मनहरी गाउँपालिकाले ६१ करोड ९९ लाख बराबरको योजना ल्याउने तयारी गरेको छ । मनहरी गाउँपालिकाले चालुतर्फ ३१ करोड ८७ लाख र पुँजीगत तर्फ ३० करोड ११ लाख बजेट ल्याउने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागार्इँले जानकारी दिएका छन । यस्तै बकैया गाउँपालिकाले ६० करोडको बजेट ल्याउने तयारी गरेको छ । गाउँपालिकाले ल्याएको बजेटको ८० प्रतिशत भन्दा माथि कार्यान्वयन हुने प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पुडासैनीले जानकारी दिएका छन् । बाग्मती गाउँपालिकामा ३० करोड बजेट आउने भएको छ । मकवानपुर गढी गाउँपालिकाले ५० करोडको बजेट ल्याउने तयारी गरेको छ । २५ वर्षिय विकासको भिजन र आवधिक योजना सहित बजेट ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष विदुर हुमागाईले जानकारी दिएका छन् ।
इन्द्रसरोवर गाउँपालिकाले भने मकवानपुर जिल्लामा सबैभन्दा थोरै २९ करोडको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्ष २०७५÷०७६ मा २५ करोडको बजेट ल्याएको यो गाउँपालिकाले नयाँ आर्थिक वर्षको बजेटको ८५ प्रतिशत भन्दा धेरै कार्यान्वयन गर्ने दाबी गरेको छ । यस्तै भीमफेदी गाउँपालिकाले ४८ करोडको योजना ल्याउने तयारी गरको । गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार ९० प्रतिशत खर्च गर्ने गरि बजेट ल्याउने गाउँपालिकाले तयारी गरेको हो । यता कैलाश गाउँपालिकाले भने ३८ करोडको बजेट ल्याउने गाउँपालिका अध्यक्ष टंक मोक्तानले बताए । अध्यक्ष मोक्तानका अनुसार पुँजीगत तर्फ १७ करोड ७ लाख र चालु तर्फ शसर्त सहित १६ करोड ६३ लाख बजेट आउने भएको छ । जिल्ला कै विकट तथा चेपाङ बाहुल्य राक्सिराङ गाउँपालिको भने ४५ करोड बजेट ल्याउने तयारी भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्ले जानकारी दिएका छन् । विकट क्षेत्र भएकोले गाउँपालिकाले बजेटमा पुर्वाधार क्षेत्रलाई बढि जोड दिएको जसमा सडकलाई प्राथमिकता दिएको पनि गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिएका छन् । उनले गाँजा विस्थापित गर्ने योजना पनि गाउँपालिकाको बजेटमा राखेको बताएका छन् ।

गुगलपाटीबाट साभार