nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरका एक इन्सपेक्टरविरुद्ध भ्रष्टाचारको मुद्दा

CIAA-Nepal-1594204441.jpg

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) रामबालक रायविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

इलाका प्रहरी कार्यालय भिमफेदीमा कार्यरत प्रहरी निरीक्षक रायविरुद्ध बुधबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका सञ्चालकबाट रायले १२ हजार रुपैयाँ घुस लिएको आरोप अख्तियारको छ ।

अनुसन्धानको क्रममा प्रहरी निरीक्षक रायले निर्माण सामग्री ढुवानी गर्ने सवारी साधन रोकेर बारम्बार रकम असुली गर्ने गरेको पाइएको आयोगको आरोप पत्रमा उल्लेख छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)