Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भ्याटको विरोध गर्दै कवाडी व्यावसायले शहरको फोहोर नउठाउने 

कर प्रणलीको विरोध गर्दै कवाडी व्यावसायले शहर बजारको फोहोर नउठाउने बताएका छन् । सरकारले लगाएको कर प्रणालीले आफ्नो पेसा व्यावसाय धरापमा परेको भन्दै आईरन तथा स्क्रयाप संघ मकवानपुरले जिल्लाका सम्पुर्ण कवाडी सामान नउठाउन हडताल गरेका हुन् ।संघले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सरकारले पुनरअवलोकन गर्न सरकार सामु माग गरेको छ । हेटौंडा नगरपालिकाको करिब ७० प्रतिशत फोहोर जन्य सामाग्री कवाडी संकलन कर्ताहरुले उठाउदै हेटौंडा शहर सुन्दर शहर बानाउन आफुहरुले सहयोग गर्दै आएको कवाडी व्यावसायिक संघ मकवानपुरका अध्यक्ष सुनिल अधिकारीले दाबी गरे ।

गाउँ शहर नगर सफा र सुन्दर बनाउने कवाडीको महत्त्वपूर्ण भूमिका हुने गर्दछ तेसकारण राज्यले उचित सहयोग र पुरस्कृत गर्नुपर्ने ठाउँमा उल्टै अब्यावाहारीक रूपमा भ्याट प्रणालीमा लगाउन खोजेको अधिकारीले बताए । सरकार बिना अध्यन कवाडी व्यवासायलाई भ्याट प्रणालीमा लाद्दा सो व्यवासय संकटमा परेको  संघका उपाध्यक्ष रामबाबु दासले बताए । हामी राज्यलाई कर तिर्न तयार छौ तर घरघरमा फोहोर संकलन गर्न जानेलाई  भ्याट प्रणालीमा लाद्दा पेसा व्यावसायले हात धुनुपर्ने स्थिति आएको दासको भनाइ छ । भर्खरै सरकारले लागु गरेको व्यवस्था अनरुप फोहोरमैले (कवाडी) संकलनको क्रममा घर(घरमा पुग्ने संकलनकर्तालाई समेत अनिवार्य सरकार करको दायरामा ल्याउदा सो व्यवस्थापन आफ्नो व्यावसाय धरापमा  परेको उनीहरुको भनाइ छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०