Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भिमफेदी कुलेखानी सुरुङमार्गको बजेट सुनिश्चत [पत्र सहित]

बागमती प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा राखेको पोष्टबहादुर बोगटी सुरुङ मार्ग (भीमफेदी–कुलेखानी) का लागि बजेट सुनिश्चत भएको छ । बागमती प्रदेश सरकाले बारम्बार भन्दै आएको सुरुङ मार्गको स्रोत सुनिश्चत भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका शाखा अधिकृत विपिन राईले २८ वैशाख प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयलाई बजेटको प्राथमिकतामा राख्न स्रोत सुश्चित भएको पत्र पठाएपछि सुरुङ मार्गको काम अगाडी बढ्ने पक्का भएको प्रदेश सरकारले दाबी गरेको छ । पत्रमा मन्त्रालयको बजेट सिलिङ भित्र राख्ने गरि स्रोत सुनिश्चित भएको छ । बहुवर्षिय योजना स्विकृत गर्नुपुर्व मन्त्रालयको बजेट सिलिङ भित्र रहने गरि मात्रै बजेटमा प्राथमिकता र विनियोजन गर्न स्विकृत गरिएको छ ।

 

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०