nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

भिमफेदीमा एनआईसी एशिया बैंकको नयाँ शाखा खुल्यो

एनआईसी एशिया बैंकको नयाँ शाखा मकवानपुरको भिमफेदी संचालनमा आएको छ। भिमफेदी शाखा २५ फागुनमा एक कार्यक्रमगरि उद्घाटन भएको हो।

भिमफेदी शाखाको उद्घाटन सगै मुलुकभर एकसय ८१ शाखा कार्यालयहरु भएको एनआईसीले जनाएकोछ। बैंकको एकसय ८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवा संचालनमा छन्। प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी पाँच हजारभन्दा बढि रेमिटान्स पेआउट एजेन्टहरु सहित राष्ट्रकै सर्वाधिक बढि बैंकिङ्ग सञ्जाल भएको बैंकको रुपमा एन आईसी एशिया बैंक स्थापित भैसकेको छ। 

साथै बैंकले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरु बिच अत्यन्त लोकप्रिय रहेको ‘धनवर्षा मुद्धती खाता’ र ‘समुन्नति प्लस बचत खाता’ उत्साहप्रद रुपमा सञ्चालनमा ल्याएको छ। एक बर्ष अवधिकोे धनवर्षा मुद्धती खातामा वार्षिक १२५ का दरले मासिक रुपमा व्याज भुक्तानी गरिनुका साथै अन्य आकर्षक बिशेषताहरु छन र ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १०५ का दरले ब्याज प्रदान गर्दै आईरहेको छ । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जनाएकोछ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg