nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

बिहान ‘ब्रेकफास्ट’ नगर्दा शरीरमा आउन सक्छन् यस्ता समस्या

healthy-breakfast-1495004-1608261407.jpg

बिहानको नास्ता दिनभरका लागि सबैभन्दा महत्त्वपूर्ण भोजन हो । स्वस्थकर नास्ताले मानिसको शरीरलाई दिनभर उर्जावान र जाँगरिलो बनाउँछ । बिहानको नास्ताले मानिसमा तनावको स्तर पनि कम गराउँछ । बिहान नास्तामा पोषणयुक्त खानेकुराको सेवन गर्न आवश्यक छ । त्यसैले, दूध, नट्स, दालयुक्त खानेकुरा, फलफूल, अण्डा जस्ता प्रोटिनयुक्त खानेकुरा खाने गर्नुपर्छ । त्यसैले बिहानको नास्ता नगर्दा शरीरका अंगहरुमा विभिन्न प्रकारका समस्या आउन पनि सक्छन् । 

हृदयरोगको कारण
अध्ययनका अनुसार बिहान स्वस्थकर खानेकुरा नखाँदा हृदयसम्बन्धी रोगहरुको खतरा बढ्न सक्छ । बिहानको नास्ता नखानेहरुमा स्वास्थ्यसम्बन्धी समस्याहरु बढ्न सक्छ ।

टाइप–२ मधुमेहको उच्च जोखिम 
हार्वर्ड युनिभर्सिटी स्कुल अफ पब्लिक हेल्थको एक अध्ययनअनुसार बिहानको नास्ता नगर्नेहरुमा टाइप–२ मधुमेह शरीरमा विकसित भएको थियो । जसले बिहानको नास्ता खान छोडेका थिए उनीहरुमा ५४ प्रतिशत धेरै उक्त मधुमेहको सम्भावना थियो । यो अध्ययनमा ४६, २८९ जना महिलाहरु सहभागि थिए । 

मोटोपनको कारण 
अध्ययनका अनुसार बिहानको नास्ता गर्न छोड्दा तौल बढ्ने सम्भावना झनै अधिक हुन्छ । तौल कम गर्न सन्तुलित रुपमा बिहानको नास्ता गर्न आवश्यक छ ।

कपाल झर्ने
बिहानको नास्तामा प्रोटिनयुक्त खानेकुरा खाँदा कपाल समेत स्वस्थ रहन्छ । साथै, केराटिनको स्तर पनि बढ्छ । तर बिहान नास्ता नगर्दा केराटिनको स्तर प्रभावित हुने र कपालको वृद्धि रोकिने भएकाले बिहानको नास्ता खान छोड्नुहुँदैन । 

-एजेन्सी



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)