Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बाढीपहिरोबाट एक महिनामा १०३ को मृत्यु

pahiro-jokhim-1594793979.jpg

बाढीपहिरोबाट एक महिनामै १०३ को मृत्युपहिरोको कारण एक महिनाको अवधिमा देशभर एक सय तीन जनाको मृत्यु भएको छ। ४३ जना बेपत्ता भएका छन्।

नेपाल प्रहरीका अनुसार ३० जेठदेखि ३० असारसम्म देशका विभिन्न जिल्लामा आएको बाढीपहिरो, डुबानलगायतका प्राकृतिक प्रकोपमा परेर एक सय तीन जनाको मृत्यु भएको हो। बाढीपहिरोमा परेर ४३ जना बेपत्ता भएका छन् भने ९७ जना घाइते भएका छन्।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक निरजकुमार शाहीका अनुसार बाढीपहिरोबाट सबैभन्दा धेरै मानवीय क्षति गण्डकी प्रदेशमा भएको छ।

यसबीचमा गण्डकी प्रदेशमा ६१ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता र ५३ जना घाइते भएका छन्।त्यसैगरी बाढीपहिरोमा परेर कर्णाली प्रदेशमा १५ जनाले ज्यान गुमाएका छन् भने तीनजना बेपत्ता र पाँच जना घाइते भएका छन्।

त्यस्तै सुदूरपश्चिम र प्रदेश ५ मा १०र१० जना, प्रदेश १ मा चार जना र बागमती प्रदेशमा तीन जनाको मृत्यु भएको प्रहरी तथ्यांकमा उल्लेख छ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभरका ११ हजार परिवार पहिरोको उच्च जोखिममा छन्। त्यसमा पनि ०७२ को विनाशकारी भूकम्पबाट बढी प्रभावित १४ जिल्लामा पहिरोको जोखिम बढी छ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)