Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बाघको आक्रमणबाट एकजनाको मृत्यु

चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चित्रवन नगरपालिका १४ दिव्यनगरमा आज अपरान्ह बाघको आक्रमणबाट एकजना पुरुषको मृत्यु भएको हो ।

कालिका नगरपालिका पदमपुर बस्ने बर्ष ३५ को भिम चापागाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। केरावारिमा बदेल धपाउन गएको बेला बाघले आक्रमण गरेको हो। चापागाईको शव घटनास्थल भन्दा २ किलोमिटर टाढा कासघारीमा फेला पारेको थियो ।

उनको शवलाई पोस्टपार्टमको लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

सान्तकुमार चौधरी/चितवन