Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमती प्रदेशमा हालसम्म ७०६ जनामा संक्रमण, २६१ जना डिस्चार्ज

covide-1594276890.jpg

बागमती प्रदेशमा हाल सम्म ७ सय ६ जनामा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा हिजो एकै दिनमा ३६ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

सबै भन्दा वडी काठमाण्डौमा १६ जना, ललितपुरमा ७ जना, चितवनमा ५, मकवानपुरमा १, काभ्रेमा २ रामेछापमा २, सिन्धुपाल्चोकमा १, दोलखामा १ र धादिङ जिल्लामा १ जनामा कोरोना भाइरस संक्रमण संक्रमण देखापरेको हो ।

प्रदेशमा २ सय ६१ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिए ।

बागमती प्रदेशका १३ जिल्ला मध्यमा सवै भन्दा वढी काठमाण्डौ उपत्यकामा कोरोना संक्रमित भेटिएका छन् । नेपालमा कोरोना संक्रमितको सख्या १६ हजार ४ सय २३ जना नाघ्दा बागमती प्रदेशमा भने ७ सय ६ जना संक्रमित फेला परेका हुन् । संक्रमित धेरैको आइसोलेसनमा उपचार भइरहेको छ ।

पछील्लो समयमा कोरोना जाँच गर्ने दायरा पनि प्रदेश सरकारले वढाएसंगै कोरोना संक्रमित पनि वढ्दै गएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । बिशेषगरी विदेशबाट फर्कनेहरुबाट कोरोना भाइरस प्रदेशका विभिन्न जिल्लामा सरेको उनले वताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)