Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ७१ पुग्यो

corona-virous-1594187663.jpg

बागमती प्रदेशमाकोभिड–१९ संक्रमितको कूल संख्या ६ सय ७१ जना पुगेको छ ।

मंगलबार प्रदेशको विभिन्न जिल्लाका थप ३४ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ६ सय ७१ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएका संक्रमितहरु काठमाडौंका १४, सिन्धुपाल्चोकका १, ललितपुरका १०, सिन्धुलीका १, भक्तपुरका ४, मकवानपुरका १, धदिङका १, चितवनका १ र नुवाकोटका १ जना रहेका छन् ।

कूल संक्रमितमध्ये हालसम्म २४३ जना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् भने ६ जनाको दुःखद् निधन भएको छ ।

बागमती प्रदेशमा हालसम्म ११ हजार ४०१ वटा क्वारेन्टाइन बेर्ड व्यवस्थापन गरिएकोमा अहिले १ हजार ९७४ जना बस्दै आएको र १ हजार २९५ जना होम क्वारेन्टाइनमा बस्दै आएका छन् ।

त्यस्तै, १ हजार २९८ वटा आइसोलेशन बेर्ड तयारी अवस्थामा रहेको छ । जसमा ३३४ जना बस्दै आएका छन् ।

प्रदेशमा सोमबारसम्म ३४ हजार २५३ जनाको आरडीटी परीक्षण गरिएकोमा ७७८ जनाको रिपोर्ट पोजेटिभ आएको र १७ हजार ७७१ जनाको पीसीआर विधिबाट कोरोना नमुना परीक्षण गरिएकोमा ६७१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता पुरुषोत्तम सेढाईले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)